प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल


काठमाडौ, फाल्गुन २४, माओवादीले गृह मन्त्रालयमा काम रहेको विवाद तत्काल अन्त्य गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान प्रधानमन्त्री झलनाथ खनाललाई भेटी उक्त आग्रह गरेका हुन् । एमालेबाट मन्त्री बनेकाहरुको मन्त्रालय तोकिएपछि माओवादीले उक्त आग्रह गरेको हो । दुई शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बताइएको छ । दुई नेताबीच फागुन मसान्त भित्र सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।

२६ जना मन्त्री रहने मन्त्रिपरिषद्मा माओवादीबाट चार र एमालेबाट दुई जना मात्र अहिलेसम्म सहभागी भएका छन् । माओवादीको भागमा ११ वटा मन्त्रालय परेपनि उसले पहलो चरणमा चार जनालाई मात्र सरकारमा पठाएको छ । गृह मन्त्रालयमा एमाले र माओवादीको दावी कारण सकारले पूर्णता पाउन ढिलाई भएको हो । तत्काललाई गृह प्रधानमन्त्रीले आफूसंगै राख्ने र केही दिनपछि माओवादीलाई दिने सहमति भएपछि पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

एमालेबाट गृह मन्त्रालय पाउने गरी सरकारमा पठाइएका विष्णु पौडेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Posted by: Shiva Paudel

Source: kantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.