Daily Archives: 08/03/2011

संसार बदल्ने ७ वेवसाइटहरुको नाली बेली


यी ती वेवसाइट हुन जुन छैनन् भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ। जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्-

१. विकीपेडिया
सुरुवातः १५ जनवरी २००१
निर्माताः जिम्मी वालेस, ल्यारी सैंगर
भाषाः २४०

जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

परम्परालाई तोड्दै बुहारीको ‘कन्यादान’


उपेन्द्र लामिछाने, सिमरा, फागुन २४ -काठमाडौं, मूलपानीका महेश्वर वाग्लेले एकल जीवन बिताउँदै आएकी बुहारी सञ्जुको सोमबार ‘कन्यादान’ गरिदिए । सञ्जुको माइती बारा सिमरामा आयोजित वैवाहिक समारोहमा सिमरा नरबस्तीका यादव लामिछानेलाई बुहारी जिम्मा लगाएपछि कान्छा ससुरा वाग्लेले बेहुलाका बाबुलाई भने, ‘बुहारी होइन, छोरी जिम्मा लगाएको छु, मारे पाप, पाले पुण्य।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल


काठमाडौ, फाल्गुन २४, माओवादीले गृह मन्त्रालयमा काम रहेको विवाद तत्काल अन्त्य गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान प्रधानमन्त्री झलनाथ खनाललाई भेटी उक्त आग्रह गरेका हुन् । एमालेबाट मन्त्री बनेकाहरुको मन्त्रालय तोकिएपछि माओवादीले उक्त आग्रह गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेश सयरमा सभासदहरू


काठमाडौ, फाल्गुन २४ – सभासदहरूको मुख्य काम नयाँ संविधान निर्माण गर्नु हो । अन्तरिम संविधानले उनीहरूलाई नियमित विधायकी कार्यको पनि जिम्मा दिएको छ । सरकार बनाउने र सुशासन भए/नभएको अनुगमन गर्ने दायित्व पनि उनीहरूकै हो ।तर संविधानसभा गठन भएको दुई वर्ष नौ महिनको अवधिमा विदेश सयर गर्ने सभासदहरूको सूची हेर्दा लाग्छ, पढ्नेक्रम जारी राख्नुहोस्

लिबियाबाट १२ सय ७७ फर्के


नेस, काठमाण्डौ । सरकारले सोमबारसम्म लिबियामा कार्यरत राजनीतिपीडित नेपाली कामदारमध्ये १२ सय ७७ लाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ । सरकारले तीनपटकसम्म विमान चार्टर गरी लिबियामा कार्यरत सिनो हाइड्रो कम्पनीमा काम गरिरहेका ७ सय २२ मध्ये पहिलोमा २ सय ६५ जना दोस्रोमा २ सय २७ जना र तेस्रोमा २ सय ३० जनालाई काठमाडौं भित्र्याएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भाडाकी श्रीमतीले तनाब / सन्तानलाई अंश बाबुबाट मात्र


विकास भट्टराई, (नेस) काठमाडौं । भाडाकी श्रीमतीबाट जन्मेकी बच्चीले बाबुको सम्पत्तिबाट मात्र अंश पाउने फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले त्यस्ती आमाबाट बच्चा जन्माउन विवाहिता श्रीमती राजी नभएका कारण त्यस्तो बच्चालाई बाबुको सम्पत्तिबाट मात्र अंश दिलाउनुपर्ने सोमबार फैसला गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्