साउदीले विदेशी कामदार लिने प्रक्रियामा कडाइ गर्ने


वैदेशिक रोजगारीको मुख्य गन्तव्य साउदी अरबले बेरोजगारी समस्या अन्त्यका लागि विदेशी कामदार लिने प्रक्रिया कडाइ गरी निजी क्षेत्रमा स्थानीय कामदारलाई प्राथमिकता दिने भएको छ । साउदीको श्रम मन्त्रालयले बेरोजगारी समस्या समाधानका लागि विदेशी कामदार लिने प्रक्रियामा कडाइ गरी स्थानीय कामदारलाई प्राथमिकता दिने तयारी भइरहेको अरबबाट प्रकाशित सञ्चार माध्यमहरुले जनाएका छन् ।

“निजी क्षेत्रमा घरेलु कामदारलाई प्राथमिकता दिइनेछ,” श्रममन्त्री एडेल फेकिहले भने, “स्वदेशी कामदार सम्भावना नभएको वा प्राविधिक कामदारमात्र विदेशबाट माग हुनेछ ।” परिवर्तित श्रम नीतिले स्वदेशी कामदार रोजगारीका लागि अपर्याप्तमा भएमा मात्र विदेशी कामदार लिने पाउने व्यवस्था गरेको छ । “केही समयपछि नै निजी क्षेत्र र रोजगारी खोज्ने कामदारको दायित्व र अधिकार घोषणा हुनेछ,” उनले भने, “त्यसपछि निजी क्षेत्रले विदेशी कामदारको माग गर्दा सरकारसँग सहकार्य गर्नुपर्छ ।”

नयाँ श्रम नीतिले साउदी अरबका नागरिकले बढी रोजगारी पाउनुको साथै दीर्घकालीन समयमा फाइदा पुग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी कामदारलाई प्राथमिकता दिँदा रकम बाहिरिने क्रम घट्नुका साथै आर्थिक स्थिरता बढ्ने अनुमान गरिएको छ ।

बेरोजगारीलाई भत्ताको व्यवस्था गर्न सरकारले नयाँ योजना ल्याउन लागेको श्रममन्त्री फेकिहले बताए । मन्त्रालयले घरेलु बेरोजगार दर्ता गर्न छिट्टै वेबसाइटको व्यवस्था गर्ने जनाएको छ ।

निजी क्षेत्रका कम्पनीले खाली पदमा कामदार माग गर्दा विज्ञापन गर्नुपर्छ । यस्तो श्रम नीतिबाट पनि घरेलु कामदार बेरोजगार रहेमा ती नागरिकलाई रोजगारीमा पदस्थापन नभएसम्म मासिक भत्ताको व्यवस्था गर्नेछ ।

साउदीको श्रम नीतिको परिवर्तनले नेपालको वैदेशिक रोजगारीमा तत्काल असर नपर्ने नेपालका म्यानपावर व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार केही वर्षदेखि नै साउदी अरबले आवश्यक कामदारको करिब ३३ प्रतिशत स्थानीय कामदारका लागि छुट्टयाएको थियो । “त्यहाँका नागरिकले हल्का र उच्च तहमा मात्र काम गर्छन्,” प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष बलबहादुर तामाङले भने, “त्यसले नेपाली कामदारको मागमा केही असर गर्दैन ।”

नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष भएकाले परिमार्जन गरिएको साउदी अरबको श्रम नीतिले मागमा कमी नआउने मञ्चका अध्यक्ष तामाङले बताए । “साउदीमा अधिकांश निर्माण क्षेत्रमा अदक्ष कामदार जाने गर्छन्,” उनले भने, “साउदी नागरिकले निर्माण क्षेत्र तथा न्यून तहमा काम गर्न रुचाउँदैनन् ।”

रोजगारीका सिलसिलामा वार्षिक ६५ हजार नेपाली साउदी अरब जाने गर्छन् । अहिले साउदी अरबमा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । तीमध्ये ८० प्रतिशत निर्माण क्षेत्रमा छन् भने ९० प्रतिशतभन्दा बढी अदक्ष कामदार छन् ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.