राजाको फोटो भएको नोट विस्थापन अन्तिम चरणमा


२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले राजाको फोटो भएको नोट विस्थापन अन्तिम चरणमाः पुगेको जनाएको छ । बैङ्कले राजाको फोटो अंकित नोटलाई बिस्थापित गरी नयाँ नोट बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।फागुन मसान्तभित्र राजाको नोट सटही गर्न सर्वसाधारणलाई आग्रह गरिसकेको राष्ट्र बैंकले चैत एक गतेदेखि मुलकभर रहेका नेपाल बैंक र बाणिज्य बैंकका काउण्टरबाट नोट साट्ने ब्यवस्था गर्न लागेको हो ।

यसका लागि बैंकले मुलुकभर ७५ वटा शाखामा काउण्टरको ब्यवस्था गरेको छ । मुलुकमा राजतन्त्रको समाप्तिसँगै राष्ट्र बैंकलाई मुलुकभर रहेका राजाको तस्विर अंकित नोटहरु बिस्तापित गर्न चोतर्फी दवाव परेको थियो ।

बैंकले अहिलेसम्म १८ अर्व ७३ करोड रुपयाँ बरावरको राजाको तस्विर अंकित नोट बजारबाट फिर्ता लिइसकेको राष्ट्र बैंकका डेपुटी गर्भनर गोपालप्रसाद काफ्लेले जानकारी दिनुभयो । मुलुकमा अझै २८ अर्ब २२ अर्ब बराबर राजाका तस्विर अंकित नोटहरु बजारमा रहेको जानकारी दिदै काफ्लेले हालसम्म सगरमाथाको चित्र अंकित १ खर्ब ११ अर्ब ९६ करोड रुपयाँ बराबरको नोट बजारमा पठाएको बताउनुभयो ।

मुलुकमा नेपाली नोटको अभाव हुन नदिन राजाका तस्विर अंकित नोटलाई बिस्तारै बिस्थापन गर्ने नीति लिएको राष्ट्र बैंकले जनाएको छ । आगामी चैत्र १ गतेदेखि राजाको नोट नचल्ने भन्ने हल्लाको पछि नलाग्न र्सवसाधारणलाई आग्रह गर्दै बैंकले तोकिएका काउण्टरहरुमा नोट सटही गर्न आग्रह गरेको छ ।

Posted By : Narayan Nepal                                                       Source : Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.