भारतको सङ्घर्षपूर्ण विजय


 बेङ्गलोर -भारत), फागुन  २३ गते । युवराज सिंहले बल र ब्याटबाट शानदार प्रदर्शन गरेपछि विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भारतले एसोसिएट राष्ट्र आयरल्यान्डलाई पाँच विकेटले हराएको छ । युवराजले मध्यक्रमका ब्याट्सम्यानलाई निशाना बनाउँदै पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ४७.५ ओभरमा २०७ रनमा सीमित बनेको थियो । यसअघिका दुई खेलमा तीन सयभन्दा बढी रन बनाएको भारतले जवाफमा आयरल्यान्डको अनुशासित बलिङले गर्दा सामान्य लक्ष्य सहजै हासिल गर्न भने सकेन । भारतले ४६औँ ओभरमा पाँच विकेटको क्षतिमा २१० रन बनाई जित हासिल गर्‍यो ।

विस्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवाग पाँच र गौतम गम्भीर दस रनमा पभेलियन फर्केपछि भारतको सुरुवात कमजोर बनेको थियो । त्यसपछि सचिन तेन्दुलकर -३८ रन), विराट कोहली -३४ रन), महेन्द्रसिंह धोनी -३४ रन) र युवराज सिंहले संयमपूर्ण पाली खेली भारतलाई जित दिलाए । युवराजले अविजित ५० रन बनाए । उनीसँगै युसुफ पठान ३० रन बनाएर अन्तसम्म आउट भएनन् । पठानको पालीमा तीन छक्का र दुई चौका सामेल थियो ।

यसअघि आयरल्यान्डका लागि कप्तान विलियम पोर्टरफिल्ड मात्र १०४ बलमा ७५ रन बनाएर क्रिजमा लामो समयसम्म टिक्न सकेका थिए । खेलको २६औँ ओभरमा बलिङ थालेका युवराजले ३१ रनमा पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा उनको यो सर्वश्रेष्ठ प्रदर्शन हो । उनले पोर्टरफिल्डका साथै केभिन ओ ब्रायनलाई पनि पभेलियन फर्काए । ब्रायनले बुधबार मात्र इङ्ल्यान्डविरुद्ध विश्वकपकै सर्वाधिक तेज शतक बनाएका थिए तर भारतविरुद्ध उनले नौ रनको योगदान मात्र दिन सके ।

युवराजले दस ओभर बलिङ गरेर लगातार विकेट लिएपछि आयरल्यान्डले रन गति बढाउन सकेन । यसअघि तेजबलर जाहिर खानले पहिलो ओभरमा नै पल स्टिरलिङलाई आउट गरेका थिए । अर्को ओभरमा जाहिरले एड जोइसलाई पनि आउट पारे । जाहिरले ३० रन खर्ची कुल तीन विकेट लिए ।

जाहिरले दुई विकेट फटाफट निकाले पनि पोर्टरफिल्ड र निल ओ ब्रायन -४६ रन)ले ११३ रनको साझेदारी गरी भारतलाई निराश पारेका थिए तर युवराजको बलिङले आयरल्यान्डले यी दुई ब्याट्सम्यानको शतकीय साझेदारीको फाइदा उठाउन सकेन  

Posted by: Shiva Paudel

Source: Gorkhapatra

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.