Daily Archives: 07/03/2011

साउदीले विदेशी कामदार लिने प्रक्रियामा कडाइ गर्ने


वैदेशिक रोजगारीको मुख्य गन्तव्य साउदी अरबले बेरोजगारी समस्या अन्त्यका लागि विदेशी कामदार लिने प्रक्रिया कडाइ गरी निजी क्षेत्रमा स्थानीय कामदारलाई प्राथमिकता दिने भएको छ । साउदीको श्रम मन्त्रालयले बेरोजगारी समस्या समाधानका लागि विदेशी कामदार लिने प्रक्रियामा कडाइ गरी स्थानीय कामदारलाई प्राथमिकता दिने तयारी भइरहेको अरबबाट प्रकाशित सञ्चार माध्यमहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राजाको फोटो भएको नोट विस्थापन अन्तिम चरणमा


२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले राजाको फोटो भएको नोट विस्थापन अन्तिम चरणमाः पुगेको जनाएको छ । बैङ्कले राजाको फोटो अंकित नोटलाई बिस्थापित गरी नयाँ नोट बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जोगी आम-मानिसभन्दा चार दोब्बर बाँच्छ


यो साताभरि पशुपति क्षेत्र जोगीहरूले भरिभराउ थियो । यी जोगीहरूको हाउभाउ, बोली-व्यवहार एवं जीवनशैली आम-मानिसका लागि अनौठा थिए । कहिल्यै पशुपति नपुग्ने युवाहरू पनि यिनै जोगीको क्रियाकलाप हेर्न श्लेषमान्तक वन ’round घुमिरहेका देखिन्थे । कतिपयले यो अवसरलाई गाँजा, भाङ, धतुरो खाएर जोगीसँगै लठ्ठिने अवसर पनि बनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेरी थापा सदभावना राजदूत


२३ फागुन, बाँके । बागेश्वरी डेभलपमेन्ट बैङ्क लिमिटेडले नेपाली महिला क्रिकेट टोलीका कप्तान तथा उत्कृष्ट क्रिकेट खेलाडी नेरी थापालाई बैङ्कको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) बनाएको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वसमेतलाई ध्यानमा राखेर खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्तित्व नेरी थापालाई एक वर्षका लागि बैङ्कको सद्भावना दूतमा अनुबन्धित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अरुलाई परिवार नियोजनको सल्लाह दिनेकै १९ सन्तान


“दुई सन्तान ईश्वरका वरदान” भन्ने सरकारी नारा फलाक्दै गाउँघर डुल्ने स्वास्थ्यकर्मीकै १९ छोराछोरी छन भन्दा कसले पत्याउला ? तर यस्तै भएको छ जाजरकोट जिल्लामा । जिल्लाको थालारैकर उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता मान बहादुर बुढाथोकीका १२ छोरा र ७ छोरी छन् । ‘जन्मन त २६ जना जन्मिएका हुन् तर ७ छोराछोरी बाल्यावस्थामै मरे, ५९ वर्षीय बुढाथोकीले भने ।’ पढ्नेक्रम जारी राख्नुहोस्

लिवियामा गद्दाफीका समर्थक र विरोधबीच ठाउँ-ठाउँमा झडप, दर्जनौंको मृत्यु


लिबियाका नेता कर्णेल गद्दाफीका समर्थक र विरोधीबीच लिबियाका विभिन्न शहरमा भिषण लडाइ भैरहेको छ । लिवियाको पूर्व क्षेत्रमा गद्दाफी विरोधीहरुको पकड रहेको हुनाले सो क्षेत्रलाई कब्जा गर्न गद्दाफीका सैनिकहरु संघर्षरत छन् । पढ्नेक्रम जारी राख्नुहोस्

१७ वर्षिया युवतीको मृत शरिर गाडिएको अबस्थामा फेला


इनरुवा । भोक्राहा ९ का इसमाइल हजामकी १७ वर्षिया छोरी अजमुल खातुनको मृत शरिर शुक्रबार साँझ स्थानीय सत्यनारायण मेहताको गहुँ खेतमा गाडिएको अबस्थामा फेला परेको छ । उनी शनिबारदेखि हराइरहेकी र खोज्दै जाने क्रममा उनको मृत शरिर मुखमा कपडा कोची पढ्नेक्रम जारी राख्नुहोस्

भारतको सङ्घर्षपूर्ण विजय


 बेङ्गलोर -भारत), फागुन  २३ गते । युवराज सिंहले बल र ब्याटबाट शानदार प्रदर्शन गरेपछि विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भारतले एसोसिएट राष्ट्र आयरल्यान्डलाई पाँच विकेटले हराएको छ । युवराजले मध्यक्रमका ब्याट्सम्यानलाई निशाना बनाउँदै पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ४७.५ ओभरमा २०७ रनमा सीमित बनेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्