‘ला फेरि विवाह गर्नु ? हाम्रो त विवाह भैसक्यो


विवाह गर्ने होइन ? दीपाश्री बोलिन्- ‘ला फेरि विवाह गर्नु ? हाम्रो त विवाह भैसक्यो ।’ छेवैमा रहेका दीपक गम्भीर भए- ‘सबैलाई हाम्रो  विवाहकै चिन्ता छ ।’ ‘नहोस् पनि किन ?’ ‘तीतो सत्यमार्फत आठ वर्षदेखि सबै नेपालीलाई श्रीमान्-श्रीमती भन्ने अनि विवाहचाहिँ नगर्ने ?  कसले भन्यो हामीले विवाह गरेका छैनौं भनेर,’ दीपकले भने- ‘विवाह त गरेकै हो ।’ 

दीपालाई मन पराएकै कारण दीपक उनको हात माग्न गएका रहेछन्, दीपाले पनि सहमति जनाएपछि यी प्रेमीले विवाह गरेर सुहागरात  मनाएका रहेछन् । ‘हो, हामीले सुहागरात मनाइसकेकै हो,’ दीपक र दीपाले संयुक्त रूपमा भने- ‘चलचित्र सुन्दर मेरो नाममा ।’ लामो हाँसो  गुन्जियो ।

जिन्दगीको यो मोडमा आएर दीपक र दीपा आफ्नो सम्बन्धलाई नारायणगोपालको एउटा गीतसँग दाँज्छन् ।

‘जहाँ वरले पीपल अँगालेर बस्छ,

तिम्रो हाम्रो साइनो त्यतैतिर खोज ।’

समाजले विवाहको ट्याग खोज्छ, जुन उनीहरूसँग छैन, तर कतै प्रेम पनि छैन कि ? जिज्ञासामा दुवै भावुक हुन्छन्, प्रेम नहुँदो हो त यति  लामो सहकार्य सम्भव छ र ? वास्तवमा दीपक र दीपा आकर्षक मित्रताका उदाहरण हुन्, यो मित्रतालाई उनीहरूले समर्पण भन्न रुचाउँछन्,  आत्मीय प्रेमको नाम दिन्छन् ।

कसरी यो जोडी टिकेको छ त ? दीपक भन्छन्- ‘पहिलो कारण त लिंग नै हो, म पुरुष र उहाँ महिला नभैदिएको भए सायद निरन्तरता दिन  गाह्रो हुन्थ्यो, पुरुष मनले सोच्दा दीपा महिला भएकाले जतिसुकै लोकप्रिय हुँदा मलाई अप्ठयारो पर्दैन, यही वास्तविकता दीपामा पनि लागू  हुन्छ । अर्को कारण पैसा हो, पैसामा हामी प्रस्ट छौं, एक-एक पैसाको हिसाब-किताब छ ।’

मन, पेसा र पैसाको उदाहरण दिए पनि नेपाली समाज दीपक र दीपाको सम्बन्धको यथार्थ खोज्न चाहिरहेको छ । ‘उत्तर हो वा होइनमा म  जवाफ दिन सक्दिनँ,’ दीपक भन्छन्- ‘प्रेम त छ तर यसलाई बढी शंकालु दृष्टिकोणले हेरिएको मात्र हो ।’ कुनै एउटा घटनामा एक वृद्धले  उनीहरूलाई भनेछन्- ‘नानीहरू, राम्रा छौं, बूढा-बूढी रै’छौं, राम्रोसँग मिलेर काम गर्नु है,’ बूढाका ती भनाइले उनीहरू चकित खाए र  स्पष्टीकरण दिँदै भने, ‘होइन बा, हामी श्रीमान्-श्रीमती होइनौं,’ बूढा एकाएक रन्किए— ‘झूट बोल्छौ, बूढो मानिससँग जिस्कने ।’  दीपक र  दीपाले आफ्ना सम्बन्धका ’boutमा हरेक अन्तर्वार्तामा जवाफ दिँदै हिँड्नुपरेको छ । दीपक भन्छन्- ‘अन्तर्वार्ता दिँदा भावनात्मक वा हँस्यौली  कुन जवाफ दिने भन्ने कुरा आउँछ । हामी दुईबीच आकर्षण छ, माया-प्रेम छ, एक प्रकारको सम्बन्धको अनुभूति पनि छ, तर त्यो अनुशासित  छ ।

दीपक र दीपाले हाँस्दै भने- ‘सधैं सँगै हिँड्ने नाममा सम्बन्धमा शंका नै गर्ने हो भने मदन दाइ र हरि दाइलाई तेस्रोलिंगी भन्ने त ? उहाँहरू  त खुसी हुँदा अँगालो मार्न सक्नुहुन्छ, हामी त त्यसो पनि गर्न सक्दैनौं ।’ दीपाको के मन पर्छ ? दीपकले भने- ‘उहाँ राम्री हुनुहुन्छ, उहाँको हाँसो मन पर्छ, बोली मन पर्छ, कामप्रतिको समर्पण मन पर्छ ।’ अनि तपाईंलाई नि ? दीपाले भनिन्- ‘दीपकको राम्रो मात्र होइन, नराम्रो बानी  पनि मलाई मन पर्छ, ऊ अल्छी छ, मलाई त्यहि मन पर्छ, ऊ व्यावहारिक छ, विवेकशील छ त्यो मन पर्छ । एक-अर्कालाई मन पराउनेहरूले  सम्बन्धको सहारा लिए हुन्न र ? दीपकले हाँस्दै भने- ‘मेरो पुरुष मन दीपालाई देख्दा दीपासँग लहसिन खोज्छ, तर चाहना र मन पराएका  सबै कुरा पाइँदैन भन्ने मैले बुझेको छु ।’ दीपक थुप्रै पटक दीपाको घर विराटनगर पुगेका छन् । ससुराली गएजस्तो अनुभूति हुँदैन ? दीपक  भन्छन्- ‘उहाँको घर जाँदा मैले ससुराली गएको अनुभूति गर्नै पर्दैन, त्यहाँ भेटिनेहरूले आफैं ससुराली आएको भनेर जिस्क्याउँछन् ।

सुटिङका क्रममा धेरै पटक दीपा र दीपक साथै सुतेका छन् ? दीपा भन्छिन्, कतिपय साथीहरू त आज यिनीहरूको बेड सिन छ कि छैन  भनेर कुर्छन् रे । दीपक थप्छन्, ‘हामी असहज ढंगले होइन, सहज ढंगले नै बेड सिन दिइरहेका हुन्छौं ।’ माया श्रीमतीको बढी लाग्छ कि  दीपाको ? दीपकले भने- ‘३ करोड नेपालीको दीपकराज गिरीलाई श्रीमतीको र कलाकार दीपकलाई दीपाको माया लाग्छ ।

दीपासँग फेरि सोधियो, विवाह नगर्ने ? दीपाले भनिन्- ‘म भाग्यमा विश्वास गर्ने भएकाले विवाह हुन सक्दैन भन्न सक्दिनँ । दीपकसँग विवाह  भैदिए हुन्थ्यो जस्तो लाग्छ ? ‘लाग्छ, ’cause ऊ मायालु छ, राम्रो साथी हो, उसको हरेक व्यवहार मन पर्छ, म उसको नराम्रो बानीमा समेत  अभ्यस्त भैसकेकी छु । दीपक मेरा लागि अभिन्न छ ।’ दीपककै कारण विवाह नभएको हो कि ? दीपाले भनिन्- ‘दीपकका कारण भएन भन्दा  पनि सबैभन्दा मुख्य कुरा म हो नि, मैले कस्तो मानिससँग विवाह गर्ने  भन्ने कुरा हो ।’ दीपाका अनुसार उनलाई दीपकजस्तै श्रीमान्  चाहिएको छ, त्यो पाइएन भने दीपकलाई नै साथीका रूपमा लिएर उनी बाँकी जीवन बिताउन तयार छिन् । दीपाले भनिन्, ‘म अहिलेकै  जीवनमा सन्तुष्ट छु ।’

कुनै दिन तपाईंहरूको विवाह भएको खबर सुनियो भने ? दीपकले भने- ‘विवाह भएको खण्डमा तपाईंलाई चिया खान बोलाउँला र दुइटी  स्वास्नी पाल्न गाह्रो रहेछ भनेर खर्च मागौंला ।’ दीपाले भनिन्- ‘यसमा सम्भावना ५० प्रतिशत भएकाले त्यो बेला फेरि जवाफ दिउँला ।


एकअर्काका ’boutमा दीपक र दीपा

दीपक र दीपाको भेट १५ वर्षअघि रेडियो नेपालमा भएको थियो । दीपक रेडियो नाटकका कलाकार दीपाश्री टेलिश्रृंखलाकी नायिका उनीहरू  फरक धारका व्यक्ति थिए । ‘मैले पहिलो पटक देख्दा यो केटी मधेसी मूलकी रै’छे जस्तो लागेको थियो,’ तत्कालीन टेलिश्रृंखला अग्निपथकी  चर्चित अभिनेत्री दीपाश्रीलाई मधेसी चरित्रमा देखेका दीपकले भने- ‘पहिलो पटक मदनदास श्रेष्ठले नाटक खेल्न बोलाउँदा दीपा रिजर्भ  टाइपकि घमन्डी केटी रै’ छ जस्तो लाग्यो ।’

तपाईंले पहिलो पटक देख्दा कस्तो दीपक देख्नुभएको थियो नि ? दीपाश्रीले भनिन्- ‘ख्याउटे केटो, लामो पाइन्ट लगाएको, चुस्स दार्‍ही पालेको, राजेश हमालको डुप्लिकेट भएर हिँड्न रुचाउने दीपक दे खेको हो ।’ रेडियो नाटक गर्ने क्रममा यो जोडीले एक-अर्कालाई बुझ्ने अवसर पाए ।

‘घमन्डी भनेकी केटी त पूरै अपोजिट निस्किई,’ दीपकले भने- ‘झन् बढी बोल्नुपर्ने, हाँसखेल गर्नुपर्ने बिन्दास केटी पो रै छ’ हेर्दा पंक्सजस्तो  लुक बनाएर हिँडे पनि दीपाले पनि दीपकको चरित्रमा उल्टोपन पाएको बताइन् । ‘सुरुवातमै नारीसँग कसरी प्रस्तुत हुनुपर्छ कुरा भन्ने यो के टालाई थाहा रहेछ जस्तो लाग्यो,’ दीपाले सम्झिइन्- ‘तर दीपकको व्यवहार डेढ दशक लामो यात्रामा परिवर्तन नभएको देख्दा ऊ साँच्चै नै  राम्रो मानिस हो भनेर ठोकुवा गर्न सक्छु ।’

रामविलास अर्थात दीपकराज गिरी रेडियो कार्यक्रम रामविलास-धनियाँका हिरो, अनि धनियाँ अर्थात् दीपाश्री निरौला, त्यही कार्यक्रमकी हिरोइन,  उनीहरूलाई जोडीका रूपमा बाँध्न उक्त कार्यक्रम सफल भएको हो । रेडियो कार्यक्रम सञ्चालन गर्ने क्रममा मधेसको रामविलास बनेर  कल्पनामा आधारित प्रेमकथा बुन्ने दीपकराजलाई रेडियोका हजारौं श्रोताले तिम्री धनियाँ कहाँ छे भनेर सोधे, जसका कारण उनी कल्पनाकी  धनियाँ खोज्न निस्किए । अग्निपथकी मधेसी नायिका दीपाश्री सोच्ने मौका मागेर धनियाँ बन्न सहमत भइन्, त्यसपछि निरन्तर चार वर्ष  उनीहरू चर्चित रामविलास र धनियाँ पात्रका रूपमा देखा परे । दीपा भन्छिन्- ‘दीपकको सिर्जनशील क्षमताले मलाई प्रभावित तुल्याएको  थियो ।’ सात महिना एक्लै कार्यक्रम चलाएका दीपकले पनि दीपासँगको सहकार्यमै अघि बढ्न सकिने यथार्थ बुझेको बताए ।

‘रेडियो कार्यक्रममा हिट भए पनि दुवैको लक्ष्य अनुहार नै लोकप्रिय बनाउने थियो,’ दीपक र दीपाले भने- ‘हामी टेलिभिजनमा पनि यसरी नै  हिट हुने लक्ष्यका साथ बढेका थियौं, तर भनेजस्तो सजिलो थिएन । टेलिभिजनमा मह र सन्तोष पन्त मात्र कलाकार हुन भन्ने धङधङीका  कारण उनीहरूले अवसर पाउन गाह्रो थियो । ‘दोस्रो पुस्तालाई पत्याउने आधार पनि थिएन,’ दीपकले भने- ‘टेलिश्रृंखलाको डमी बनाउन  लगाइन्थ्यो, अनि डस्टबिनमा फ्यालिन्थ्यो ।’ दीपक र दीपाले चार वर्षसम्म यो संघर्ष गरे । ‘मानिसहरूले रामविलास र धनियाँ भनेर चिन्थे’  दीपाले भनिन्- ‘तर टेलिभिजनमा मौका पाउन हाम्रो उक्त परिचय पर्याप्त भएन ।’ यसबीच केही समय दीपाश्री केही चलचित्रमा नायिकाका  रूपमा समेत देखा परिन् भने दीपक सानो-सानो जुँगा राखेर ड्राइभर वा भान्छेको चरित्रमा नायकको पछाडि दौडिने जोकरका रूपमा देखा  परे । दीपकका अनुसार यो जोडीले गाईजात्रामार्फत हास्यप्रस्तुति दिने जमर्को पनि गर्‍यो । फरक धारबाट हिट हुन दुवैल फेरि नेपाल टे लिभिजनको ढोका ढकढकाए ।

बारम्बार टेलिभिजनमा डमी सिरियल लिएर जाने दीपक र दीपाको प्रस्ताव डस्टबिनमै सीमित भयो । ‘मलाई डमी डाइरेक्टरको ट्याग दिइयो,’  दीपकले भने- ‘६ महिनामा एउटा डमी बुझाउने हिसाबले झन्डै ७ वटा डमी कार्यक्रम बुझाएँ ।’ ०५७ सालताका नेपाल टेलिभिजनमा  शम्भुजित बास्कोटाको प्रवेश दीपक र दीपाको जोडीका निम्ति टर्निङ प्वाइन्ट बन्यो । शम्भुजितले तत्कालीन डिजिएमलाई उनीहरूमा प्रतिभा  छ, मौका दिनुहोस् भनेपछि दीपक फेरि हास्यश्रृंखलाको डमी बोकेर दीपक टेलिभिजनमा पुगे । ‘शम्भुजित दाइले रामविलास धनियाँ नै बनाउने  कि भन्नुभयो,’ दीपक सम्झन्छन्- ‘तर हाम्रो महत्वाकांक्षा रामविलास धनियाँबाट पूरा हुने थिएन, त्यसैले अर्को कुनै नाममा हास्यश्रृंखला प्रस्तुत  गर्ने बताए ।’ शम्भुजितले नै जुराइदिएको ‘तीतो सत्य’ शीर्षकको टेलिश्रंृखलाले उनीहरूलाई हास्यकलाकारको ट्याग लगाइदियो ।

तीतो सत्यको डमी पनि पाँच महिनासम्म प्रसारण नहुँदा उनीहरू चिन्तित थिए, तर एक दिन टेलिभिजनले ०६० साल भदौ ४ गतेदेखि तीतो  सत्य प्रसारण हुने सूचना दियो । ‘हामी दुवै त्यो दिन रोयौं,’ भन्दै दीपाश्रीले रुदै भनिन्- ‘त्यो हामीले आफ्नो प्रतिभा देखाउने मौका पायौं भन्ने  खुसी थियो ।’ धेरैले यो कार्यक्रम १० भागसम्म मात्र चल्छ भनेका थिए, तर तीतो सत्य ७ भागमै नेपालभर लोकप्रिय भएपछि १० भागमै  सीमित हुन्छ भन्नेहरू पनि चकित भए । हामीले यो सफलतालाई दर्शकको माया र आफ्नो भाग्यका रूपमा लियौं, दीपाले भनिन्- ‘त्यसपछि  निरन्तर मेहनत गर्ने प्रतिबद्धता पनि जाहेर गर्‍यौं ।

तीतो सत्य अहिले ८ वर्ष पुग्न लागेको छ । ३ सय ९० भाग प्रसारण भैसकेको तीतो सत्यको निरन्तरताले अब दीपक र दीपा एक-अर्काका  लागि पनि परिपूरक बनिसकेका छन् । ‘केही वर्ष अघिसम्म म एक्लै कार्यक्रम गर्थें,’ दीपक भन्छन्, ‘तर अब त्यो सम्भव छैन, दुई जनाकै  डिमान्ड आउँछ, एकाध कार्यक्रममा एक्लै हुँदा जोडी नभएकामा खल्लो महसुस हुन्छ ।’

दीपक र दीपाश्रीले विवाह गरे भने तपाईंको प्रतिक्रिया ?

यो विषयमा कसरी बोलौं खै ! उहाँहरूको अनस्क्रिन जोडी त असाध्यै मिलेको छ । उहाँहरूको जोडी मिलेकैले तीतो सत्य अत्यन्त लोकप्रिय  छ, तर व्यवहारिकता आफ्नो ठाउँमा हुन्छ । पर्दामा जोडी मिल्यो भन्दैमा वास्तविक जीवनमा पनि जोडी नै बाँधिनुपर्छ भन्ने हुँदैन । दीपकजी  विवाहित हुनुहुन्छ । उहाँले दोस्रो विवाह गर्न कानुनी रूपले नै मिल्दैन । कतिपय सम्बन्ध मित्रतामै सीमित राख्नुपर्छ । मलाई लाग्छ, उहाँहरूले  यही गरिरहनु भएको छ ।

रामकृष्ण ढकाल (गायक)

हाँसो… रमाइलो प्रश्न । समाजका दृष्टिकोणले हेर्ने हो भने यो कुरा असम्भव नै छ, ’cause दीपक दाइ पहिलेदेखि नै विवाहित हुनुहुन्छ ।  तपाईंले भन्नुभएजस्तो उहाँहरूले विवाह नै गर्नुभयो भने मलाई चाहिं भोलिको दिन याद आउनेछ । म उहाँहरूको भावी सन्तान कस्तो होला  भन्ने कल्पना गर्दैछु ।

प्रसन्न पौडेल (निर्देशक)

‘ह्याप्पी एन्ड पर्फेक्ट कपल,’ मेरो पहिलो प्रतिक्रिया यही नै हुनेछ । उहाँहरूसँगै काम गरिरहनुभएको छ, दर्शकले उहाँहरूको जोडीलाई मन  पराइरहनुभएको छ । एक-अर्कालाई नजिकबाट चिन्नुहुन्छ । योभन्दा सुखद कुरा हुनै सक्दैन जस्तो लाग्छ ।

रुबी भट्टराई (नायिका)

हा हा हा…यदि उहाँहरूको विवाह भयो भने सर्वप्रथम त म मुरी-मुरी शुभकामना दिन्छु । त्यसै पनि ‘तीतो सत्य’ का लागि त उहाँहरूले  विवाह गरेजस्तै नै छ, अर्थात् रिहर्सल भैसकेकै स्थिति हो अब, फाइनल टेक मात्र त बाँकी हो नि !

जितु नेपाल (हास्यकलाकार)

ओहो… उहाँहरू विवाह नगर्दै पर्फेक्ट कपल हुनुहुन्छ । झन् विवाह गरेर सँगै बस्न थाल्नुभयो भने त गजबै हुन्छ । अभिनय, हाउभाउ, कमेडी  सबै कुरा सुहाएको छ, विवाह भयो भने उहाँहरूको जस्तो मिलेको जोडी कसैको हुनेछैन ।

सुनिलसिंह ठकुरी (गायक)

Posted by : Dambar P. Rimal                  Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.