राजकीय सम्मानसाथ किसुनजीको अन्त्येष्टि (फोटो फिचरसहित)


भतिजा प्रमोदले दागवत्ती दिए…..

२२ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईको पार्थिव शरीरमा भतिजा प्रमोदले दागवत्ती दिनुभयो । प्रमोद कांग्रेस संस्थापक नेता भट्टराईका दाजु गोपालका छोरा हुनुहुन्छ । दागवति दिनुअघि नेपाली सेनाको एक टुकडीले १३ तोपको सलामी दिएको थियो । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको थियो । रंगशालाबाट न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो । शवयात्रामा हजारौं सर्वसाधारणको सहभागिता थियो ।

यसअघि उहाँको पार्थिव शरीरलाई विहान साढे ८ वजेदेखि दिउँसो २ वजेसम्म अन्तिम श्रद्धान्जलीका लागि रंगशालामा राखिएको थियो । दशरथ रंगशालामा भट्टराईको पार्थिव शरीरमा प्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । भट्टराईलाई श्रद्धान्जली दिन राष्ट्रपति, उपराष्ट्रपति, एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत राजनीतिक दलका नेताहरु, मन्त्रिपरिषदका सदस्यहरु, सभासद, कर्मचारीहरु, कुटनीतिक नियोगका प्रतिनिधि, कलाकार, खेलाडी, सर्बसाधारण तथा हजारौं शुभेच्छुकहरुको रंगशालामा पुगेका थिए ।

यसअघि उहाँको पार्थिव शरीरलाई ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ल्याईएको थियो । कांग्रेस केन्द्रीय कार्यालयबाट पार्थिव शरीरलाई रंगशाला लैजाने क्रममा आधा झुकाइएको पार्टीको चारतारे झण्डा राखिएका ८८ वटा मोटरसाइकल अघि लगाइएको थियो ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा भट्टराईको शुक्रबार राती ८७ वर्षको उमेरमा निधन भएको थियो । पूर्वप्रधानमन्त्री भट्टराईको निधनमा सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै आज सार्बजनिक विदा दिएको छ । गृह मन्त्रालयले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली दुतावास एवं नियोगमा फागुन २२, २३ र २४ गते तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएको छ ।

Posted By : Narayan Nepal                       Source : Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.