मारी नदि घुम्दा…!!


प्रेम वली, अष्ट्रेलिया

आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए । एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो । ठीक अंग्रेजी समयमानै साथी आएपछी हामी कारमा घुम्न निस्कियौ । ह्यू रमाइलो साथी रहेछ, पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो । उसको छोरी मेरो स्कुल गैसकेकाले पनि उ नेपाल प्रती जान्न चाहन्थ्यो । बाटो भरी नेपालको र मैले घुमेका ठाउँहरु ’boutमा गफिदै प्रतिघन्टा १०० कि.मी हुईंकिदै थियौ ।

एउटा डाँडामा पुगेपछी ह्यूले गाडी रोक्दै भन्यो । म तिमीलाई हामी जाने ठाउँ देखाउछु । उसले औंलाले संकेत गर्दै भन्यो, “ऊ… त्यो पारी ठाउँ हो । अब हामी अघी बढे पछी साना-साना रुखहरु आउँछन । यो ठाउँ अस्ट्रेलियाको सबैभन्दा सुख्खा र कमसल उर्भरा भुमी हो ।”

निकै किलोमिटर पार गर्दा पनि न गाउँ भेटियो न पानी मुहान भेटियो । लाग्यो अस्ट्रेलियाका मान्छे भेट्न शहर नै जानु पर्ने जस्तो । ठुला-ठुला सुनसान मैदान मात्र भेटिने । केही कुदाइ पछी बाटोमा भेंडा पालन देखेपछी ह्यूलाई सोधें । “यि भेंडाको लागि पानी कहाँबाट  ल्याउँ छन ह्यू ?” उसले पानीको ट्याङ्की देखाउँदै भन्यो । “यहा अन्य ठाउँ भन्दा कम बर्षा भए पनि किसानले आकाशको पानी ऊ… त्यो ट्याङ्किमा जम्मा गर्छन् बर्ष भरिलाई… अनी त्यसैबाट आफु पनि पिउँछन ।” कती उत्तम उपाए, मैले उसलाई भनें ।

केही घण्टा यात्रा पछी गन्तब्यमा पुगीयो । मारी नदिको किनार चिटिक्क सजिएको सानो बजार रमणीय नै रहेछ । नारायणी जत्रो फेरिमा नदिमा घुम्न आउने मानिस निकै नै थिए । कोही बोट इन्जिनमा रमाउँदै थिए । कोही पिकनिक मनाउँदै थिए । एक हुल युबाहरु जाँडमा रमाउँदै विकइण्ड मनाउँन फेरिमा हिंडेका पनि भेटिए । नेपालका नदिमा यस्ता जल बिहार बनाउँन सके रोजगार पनि बढाउन सकिने र छुट्टी मनाउनेहरुले भरपुर आनन्द पनि लिने पाउने, कती राम्रो हुन्थ्यो होला ।

ह्यूले मारी नदीबाट पानी ८० किलोमिटर उभो ठाउँ-ठाउमा पम्पले तानेर एडलाइड शहर लगेको देखाउँदा र हाम्रो मेलम्चिलाई दुङ्ग्रोमा खसालेर उधो ल्याउन पनि आजसम्म नसक्दा कुरा गर्न पनि लाज लाग्यो । उसले तिम्रो सिटिमा पानीको कस्तो ब्यबस्ता छ भनेर सोध्दा’ के भनुं भनुं जस्तो भयो ।  ढाँट्दा पनि उसकी छोरीले पोल खोलिदिने न ढाँट्दा पनि “सिकर्मिको घरको ढोका छैन भने जस्तो हुने ।” कुरो गरे कुरो कै दु:ख !! मनमा लागि राखेको थियो, “नेपाल नेताले गर्दा नै बिग्रेको हो, पाजी नेताहरु थुक्क !!”

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.