महिलाको दूधबाट आइसक्रिम


एजेन्सी । गर्मी लाग्नै थाल्दा शहरतिरका क्याफेमात्र हैन, सडकतिर पनि आइसक्रिम हातभरि समातेर खाँदै हिडेका दृष्य देखिन्छन् । नेपालमा पनि थुप्रै स्वादका आइसक्रिम पाइन्छन् । यस्ता आइसक्रिम प्रायः सवै चौपायाहरुको दूध र क्रिमबाट बनाइएका हुन्छन् ।

तर अब महिलाको दूधबाट बनेका आइसक्रिम पनि पाउन थालिएको छ । लण्डनस्थित एक आइसक्रिम पार्लरले पहिलो पटक महिलाको दुधबाट आइसक्रिम उत्पादन थालेको छ । ‘बेबी गग’ नाम दिइएको स्वादका लागि ७५ प्रतिसत मानब दुध र २५ प्रतिसत क्रिम प्रयोग भएको आइसक्रिममिष्ट रेष्टुरेन्टका संस्थापक म्याट ओकोनोरले बताए ।

मस्तिष्कको लागि समेत उपयोगी हुने बताउँदै ओकोनोरले एओएल न्यूजलाई भने, सुरुमा केहिले नाक खुम्चाए । तर प्रायः महिलाहरुले दुधको स्वाद चाख्न ‘बेबी गग’आइसक्रिम खाने गरेको उनको दावी छ । बच्चाको जन्मपछिको समय र खानाको आधारमा आइसक्रिमको स्वाद फरक पर्छ, उनले थपे ।

महिलाको दूधबाट आइसक्रिम बनाउन त्यति सस्तो र सजिलो भने छैन् । एक आउन्स दुधका लागि १.६१ डलर तिर्ने गरेको उत्पादकको दावी छ । स्वभाविक प्रश्न उठछ, त्यसो भए दूध कसरी संकलन गरिन्छ त ? ३५ वषिर्य भिक्टोरिया हिले एक यस्तै ‘दलाल’हुन जसले बच्चालाई दूध नचुसाउने र ब्रेस्टफिडिङमा समस्या भएका महिलाहरुबाट दुध संकलन गर्छिन् । यसरि दूध बेच्ने र संकलन गर्ने महिलाको ठूलै संजाल बनेको छ अहिले । बेबी गग आइसक्रिमको स्वाद लिन तपाईले २२ डलर खर्चिनुपर्नेछ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.