भट्टराईको पुर्ख्यौली थलोका स्थानियहरु पनि शोकमा


फाल्गुन २२ – कांग्रेसका संस्थापक तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको निधनले उनको पुर्खौलि जिल्ला गोरखाका स्थानियहरु पनि शोकमुक्त रहन सकेनन् । पुर्ख्यौली जिल्लाका नाममा उनको त्यति ठूलो प्रभाब नभएतापनि १५ सालको आम निर्वाचनमा लडेका हुनाले भट्टराईका शुभचिन्तकरु यतिबेला निकै शोमा छन् । मृत्यूको खबर टेलिभिजनमार्फत थाहा पाएका आफन्त तथा स्थानियहरु शनिबार विहान हिन्दु परम्परा अनुसार छाक छोडे । कांग्रेस पार्टी कार्यालयमा कृष्णप्रसादको फोटो राखेर श्रद्धाञ्जली गरिराखिएको छ । उनको फोटोमा श्रद्धाञ्जलि दिन आउनेहरु प्राय पुराना बुढापाका कांग्रेस शुभचिन्तक छन् । उनीहरु प्राय कृष्णप्रसादको चुनावमा सघाउने ब्यक्ति तथा आफन्तहरु हुन् ।

‘उहाँले याहाँ आउदाको हरेक पटक कुनै पनि कुरामा हेपिएर बस्नु हदैन भनेर अर्ति बुद्धि दिनुहुन्थ्यो’ नातामा कृष्ण प्रसादका भतिज पर्ने सारदा प्रसाद भट्टराईले शनिबार बिहान भने, ‘उहाँको नाममा हिन्दु परम्परा अनुसार  जुठो बार्ने तयारीमा छु ।’ सारदा प्रसाद कृष्ण प्रसादका छ पुस्ते भित्रका ब्यक्ति हुन् । कृष्णप्रसाद आउदा उनकै घरमा खाने बस्ने गरेका थिए । १५ सालको आम निर्वाचनको सयमा भट्टराई पुख्यौली थलो गोरखा नरपालिका ४ पस्लाङ बसेर निर्वाचन लडेका थिए ।

नेपाल एकिकरणको थालनिको जिल्ला भएकाले राजतन्त्र र राणशासनको प्रभाबका कारण भट्टराईले निर्वाचनमा हारेका थिए । गोरखा परिषदबाट उठेका भट्टराईका प्रतिद्वन्दी विश्वनाथ सुवेदी उपाध्यायले दुई सय बढी मत त्याई बिजयी भएको जानकारहरु बताउछन् । उनी हार्नको अर्को कारण ब्रम्हणले पनि जोत्नु पर्छ, जात थरको कुरा गर्नुहुन्न भन्ने नरा बिषय समेत भएको कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्योपानेले बताए ।

‘किसुनजि आफू ब्राम्हण भएर पनि जात/थर नछुट्याई खाने, बस्ने, संगत गर्ने ब्यक्ति हुनुहुन्थायो’ उनको निर्वाचनको प्रचारप्रसारमा खटिएका न्यौपानेले भट्टराईको सम्झना सुनाउदै भने, ‘चुनावी कार्यक्रममा यिनै कुरालाई मुद्धा बनाए । जात/थरको कुरा हिजोआजका मानिसले त गर्छन त्यतिबेराकाले उहाँका ति कुरालाई उपेक्ष्ाित नगर्ने कुरै भएन् ।’ उनको पुर्खौलि घर यहाँ भएपनि जग्गाजमिन र सम्पतिका नाममा केहिपनि छैन । उनका बाबु बाजेका पालामानै गोरखा छाडिसकेका थिए ।

भट्टराईका पुर्खाको थाकथलो यहाँ भएको हुनाले उनी जिल्ला समय समयमा आउने गर्थे । भट्टराईको कहिलेकाही कुलायन पुजामा पनि अउथे । कुल पुजा गर्न आउनेहरुका लागि बास बस्न उनी ४६ सालको अन्तरिम प्रधानमन्त्री कार्यकालमा ५५ हजार रकम लगानि गरि एक धर्मशाला र कुलदेवताको मन्दिर समेत बनाएका छन् । उनको सक्रियतासंगै कुलदेवता पुजा र धर्मशाला समेत प्रयोगमा आउन छाडेको स्थानियहरु बताउछन् ।

देशभरिका भट्टराईले बिगत दुई दशक अघिसम्म भट्टराईले निर्माण गरेको भुवनेश्वरी मन्दिरमा भेला भएर कुलपुजा गर्ने गरेको पाईन्छ । उनले गोरखालाई ३६ सालमा सबैभन्दा बढी समय दिएका थिए । जनमत संग्रहको समयमा गृहजिल्लामा एक हप्ता बसेको कांग्रेस नेता चिरञ्जीवि वाग्लेले बताए । वाग्लेका अनुसार बतासे, सदरमुकाम, हुडिखोला, पालुङटार लगायतका आम सभामा उनले सम्बोधन गरेका थिए । स्वर्गिण भट्टराई कांग्रेस नेता प्रकास मानसिंहको ४२ सालमा जन्तिको रुपमा पनि यहाँ आएका थिए ।

उनको गोरखामा अन्तिम उपस्थिति ५६ साल रह्यो । क्षेत्र नम्बर एक बाट आम निर्वाचनमा उठेका कांग्रेस नेता चिरञ्जीवि वाग्लेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्न भट्टराई आएका हुन् । ‘मेरो पुर्ख्यौली थलो भएकाले मलाई गोरखा अचम्मै मन पर्छ । तर तपाईहरुले १५ सालमा मलाई हरादिनु भो’ आफ्नो पक्ष्ामा आम सभामा भट्टराईले भाषण गरेको सम्झदै वाग्ले टेलिफोनमा भने, ‘उनको पुर्ख्यौली भनाईले सभामा सहभागी सबै हासे ।’

Posted By: Dambar Prasad Rimal          Source :ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.