Daily Archives: 06/03/2011

प्रधानमन्त्रीलाई सवा करोडको रेन्जरोभर


काठमाडौं, १४ फागुन

गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजकीय सम्मानसाथ किसुनजीको अन्त्येष्टि (फोटो फिचरसहित)


भतिजा प्रमोदले दागवत्ती दिए…..

२२ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईको पार्थिव शरीरमा भतिजा प्रमोदले दागवत्ती दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

मारी नदि घुम्दा…!!


प्रेम वली, अष्ट्रेलिया

आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए । एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो । ठीक अंग्रेजी समयमानै साथी आएपछी हामी कारमा घुम्न निस्कियौ । ह्यू रमाइलो साथी रहेछ, पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

महिलाको दूधबाट आइसक्रिम


एजेन्सी । गर्मी लाग्नै थाल्दा शहरतिरका क्याफेमात्र हैन, सडकतिर पनि आइसक्रिम हातभरि समातेर खाँदै हिडेका दृष्य देखिन्छन् । नेपालमा पनि थुप्रै स्वादका आइसक्रिम पाइन्छन् । यस्ता आइसक्रिम प्रायः सवै चौपायाहरुको दूध र क्रिमबाट बनाइएका हुन्छन् ।

तर अब महिलाको दूधबाट बनेका आइसक्रिम पनि पाउन थालिएको छ । लण्डनस्थित एक आइसक्रिम पार्लरले पहिलो पटक महिलाको दुधबाट आइसक्रिम उत्पादन थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘ला फेरि विवाह गर्नु ? हाम्रो त विवाह भैसक्यो


विवाह गर्ने होइन ? दीपाश्री बोलिन्- ‘ला फेरि विवाह गर्नु ? हाम्रो त विवाह भैसक्यो ।’ छेवैमा रहेका दीपक गम्भीर भए- ‘सबैलाई हाम्रो  विवाहकै चिन्ता छ ।’ ‘नहोस् पनि किन ?’ ‘तीतो सत्यमार्फत आठ वर्षदेखि सबै नेपालीलाई श्रीमान्-श्रीमती भन्ने अनि विवाहचाहिँ नगर्ने ?  कसले भन्यो हामीले विवाह गरेका छैनौं भनेर,’ दीपकले भने- ‘विवाह त गरेकै हो ।’  पढ्नेक्रम जारी राख्नुहोस्

पुरानो परम्परा तोड्दै राष्ट्रपति डा. रामवरण यादव रंगशाला पुगे


सन्तनेता कृष्णप्रसाद भट्टराईको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नका लागि पुरानो परम्परा तोड्दै राष्ट्रपति डा. रामवरण यादव रंगशाला पुगेका छन् । राष्ट्र प्रमुखले अन्तिम् श्रद्धाञ्जलि दिनका लागि नजाने परम्परा तोड्दै राष्ट्रपति यादव भट्टराईको पार्थिक शरिरमा श्रद्धाञ्जलि ब्यक्त गर्न रंगशाला पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘हाँसी हाँसी रुवाएर गए’


ललितपुर, फाल्गुन २२ – भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्ने हरेकले उनलाई ‘त्यागी’ को उपमा दिए । दाउपेचबिनाको राजनीतिमा जीवन बिताएका सन्तनेता भट्टराईलाई अधिकांशले ‘ठट्यौली शैलीमा समस्यालाई चिर्न सक्ने’ नेताका रूपमा सम्झिए । मुलुकको वर्तमान विषम परिस्थितिमा उनको अनुभव र निर्देशनले अघि बढ्न सघाउनेमा धेरैको जोड रह्यो । अहिलेको संक्रमण व्यवस्थापन नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने ठहर पनि व्यक्त गरे । पढ्नेक्रम जारी राख्नुहोस्

लिवियामा उद्धारको पर्खाइमा रहेका नेपाली


 सुरेन्द्र पौडेल, काठमाडौं, फागुन २२ –  लिवियाको राजधानी त्रिपोलीबाट बसमा ट्युनिसिया बोर्डर रास अजदिर पुगेका ३२ जना नेपाली बीच बाटोमा लुटिएका छन्। दुई भिन्दाभिन्दै समुहमा बिहीबार ट्युनिसिया बोर्डर तर्फ हिडेका उनीहरु बीचैमा लुटिएका हुन्। लुटिनेमा एउटा समुह २० र अर्को समुहमा १२ जना रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्