साझा यातायात सुचारु हुने


२१ फागुन, काठमाडौं । लामोसमयदेखि बन्द अवस्थामा रहेको साझा यातायात सेवा पुनः सुचारु गरिने भएको छ । भ्रष्टाचारले गाँजिएको साझा सार्वजनिक यातायात सेवा ऋण लिएर भए पनि सुचारु गरिने संस्थाका अध्यक्ष तथा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले जानकारी दिनुभयो ।साझा यातायात सहकारी संस्था लिमिटेडको सातौं साधारणसभाले साझा यातायातको स्थायित्व र विकासका लागि संस्थाको आवश्यकता अनुसार नयाँ बस खरिद गर्न तथा कर्मचारीको दायित्व भुक्तान गर्नका लागि १० करोड रुपैयाँसम्म ऋण लिन सक्ने अधिकार सञ्चालक समितिलाई दिएको छ ।

२०६६ सालदेखि मुलुककै पहिलो साझा यातायात पूर्णरुपमा बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारी बेवारिसे अवस्थामा हाजिरमात्र गरेर तलब खाने गरेका छन् ।

विक्रम संवत् २०५८ मा सरकारले साझा यातायात बन्द गर्ने निर्णय गरेपछि बन्द भएर पुनः २०६० सालमा खुलेको थियो । तर, २०६१-०६२ को तत्कालीन द्वन्द्वका बेला साझाका १३ वटा बस जलाइएपछि सरकारले कुनै क्षतिपूर्ति नदिएकाले साझा २०६४ मा बन्द भएको थियो ।

केही गाडी स्कुललाई भाडामा चलाउन दिए पनि प्रभावकारी नभएपछि २०६६ देखि पूर्णरुपमा बन्द भएको हो । एकताका एसियाकै राम्रो संस्थाको रुपमा मानिने साझा यातायातको सेवा बन्द भएपछि फुर्सदका कर्मचारीलाई तलब खुवाउन साझालाई गाह्रो भएको छ । अन्य आयस्रोत नभएपछि साझाले अहिले भाडाबाट उठेको रकमबाट कर्मचारीलाई तलब खुवाउने गरेको छ । साझाको केही जग्गा २०६५ बाट नेपाल टेलिकमले भाडामा लिएको छ । सोही जग्गामा साझा पेट्रोलपम्प सञ्चालित छ । टेलिकमबाट मात्र मासिक ५ लाख ६६ हजार ३०० र पेट्रोल पम्पबाट मासिक १ लाख १५ हजार रुपैयाँ भाडा उठ्ने गरेको छ ।

Posted By : Narayan Nepal                                                Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.