गंगा बीसी
भद्रपुर, फाल्गुन २१ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले शान्ति प्रक्रियालाई नसघाए उसैलाई घाटा हुने बताएका छन् । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कांग्रेसले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भद्रपुर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुरा गर्दै दाहालले एक प्रकारले सरकारले पूर्णता पाइसकेकाले अब सेना समायोजनको प्रक्रिया अघि बढाइने बताए । उनले माआवादी लडाकुको छुट्टै फोर्स बनाउने वा मिश्रित फोर्स बनाउने विषयमा एमालेसंग सहमति भइसकेकाले त्यही अनुसार बढ्ने बताए ।
उनले पार्टीबाट दुई चरणमा सरकारमा मन्त्री पठाउने भएकाले पहिलो चरणमा पठाइसकिएको र चाँडै बाँकी मन्त्रीहरु पठाइने जनाए । ०२९ सालमा इलामको सुखानीमा पंचायत सरकारले हत्या गरेर शहीदभएकाहरुको सम्झनामा आयोजित सभामा भाग लिन दाहाल जान लागेका हुन् ।
Posted by: Shiva Paudel
Source: Kantipuronline