मरुभूमिको कोसेलीको वार्षिक अवार्ड २०१० भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

मरुभूमिको कोसेली “कुवेतको नेपाली छापा पत्रीका” एवं नेपालकुवेत डटकमको वार्षिक अवार्ड-२०१० कुवेतको एसिया-एसिया होटलमा ०४ मार्च २०११ को दिन, भव्यताकासाथ सम्पन्न भएको छ ।

गत वर्ष ६ बिधामा वितरण गरिएको यस अवार्डलाई यस वर्ष २ बिधा थप गरी ८ विधामा परिणत गरिएको हो । खासगरी कुवेतको नेपाली समाजका बिभिन्न क्षेत्रमा खटेर अतुलनिय योगदान पुर्‍याउनु हुने २४ जना महान व्यक्तित्वहरुलाई नोमिनेशन र जसमध्ये ८ जनालाई उत्कृष्ट चयन गर्दै, सम्मान स्वरुप यस अवार्ड दिईएको हो । जसले सदा वहाँहरुको योगदानको कदर तथा अन्य नेपाली जनमानसमा समेत हौसला बुलन्द होस् भन्ने कोसेली परिवारको अवधारणा रहेको छ ।

मरुभूमिको कोसेली एवं नेपालकुवेत डटकम अवार्ड २०१० मा बिजयी हुनु हुने ८ कर्मठ योद्दाहरु निम्न बमोजिम रहनु भएको छ ।

१) उत्कृष्ट भलिवल खेलाडी वर्ष २०१० – ओम बहादुर गुरुङ्ग (SDFC)
२) उत्कृष्ट फुटवल खेलाडी वर्ष २०१० – कालिका गुराउ (KPTC)
३) उत्कृष्ट प्राविधिक वर्ष २०१० – प्रभु प्रसाद जैसपाल (भिडियो क्यामेरा मेन)
४) उत्कृष्ट कलाकार वर्ष २०१० – राजेन्द्र बिरही (लोक गायक)
५) उत्कृष्ट साहित्यकार वर्ष २०१० – होम बहादुर क्षेत्री (कवी/साहित्यकार)
६) उत्कृष्ट पत्रकार वर्ष २०१० – तोयनाथ दाहाल (वरिष्ट सम्पादक नेपालकुवेत डटकम/मरुभूमिको कोसेली)
७) उत्कृष्ट आजीबन समाजसेवा – बाल कुमार गुरुङ्ग (युवा कवि/साहित्यकार एवं संरक्षक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव)
८) उत्कृष्ट समाजसेवी वर्ष २०१० – राजेन्द्र तामाङ्ग (अध्यक्ष NRNA-NCC कुवेत एवं संस्थापक वरिष्ट सल्लाहाकार माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव)

बिभिन्न ८ बिधामा छुट्याईएको वर्ष २०१० अवार्डका बिजेताहरुलाई मरुभूमिको कोशेली/नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी बाट अवार्ड हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

यसैगरी मरुभूमिको कोसेलीको अतिथि सम्मानमा दोसल्ला र कदरपत्रले सम्मानित हुनु हुने अतिथिहरुमा बालकुमार गुरुङ्ग, धर्मराज गिरी, बिक्रम थापा, दिल बहादुर पुन, राजन कुवँर, राजेन्द्र तामाङ्ग, मित्र सिंजाली, ठाकुर पौडेल, टिकाराम आचार्य र सौगात सुवेदी रहनु भएको छ ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री मधुबन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड वितरण कार्यक्रमका बिशेष अतिथिहरुमा NRNA कुबेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग, बरिष्ट साहित्यकार होम बहादुर क्षेत्री, अछाम राज्य भारतका नेपाली राजनीतिक महानायक एवं जेष्ठ नागरिक चन्द्र बहादुर क्षेत्री रहनु भएको थियो भनें मरुभूमिको कोशेलीका प्रबन्ध निर्देशक सुजन के.सी’को अध्यक्षता रहेको थियो ।

यस्तै अन्य अतिथिहरुमा दूतावास कर्मचारी भुवन पौडेल, समाजसेवी एवं दूतावास कर्मचारी मित्र सिंजाली, NRNA कुवेत एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष  धर्मराज गिरी, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुवँर, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल बहादुर पुन, जन-जागृती युवा समाजका उपाध्यक्ष ठाकुर प्रसाद पौडेल, साहित्यकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका संरक्षक बाल कुमार गुरुङ्ग, अलघानिम सेक्युरिटी ग्रुपका प्रतिनिधि नेत्र बहादुर लिम्बु, नेपालकुबेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल, क्रेज नेपाल ग्रुपका अध्यक्ष नबिन बराल, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, लालीगुराँस सास्कृतिक परिवारका संरक्षक यादव श्रेष्ठ, तमू समाज कुबेतका अध्यक्ष अमर गुरुङ्ग, मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, महासचिव नवराज श्रेष्ठ, सचिव राजु खड्का, सदस्य अर्जुन तामाङ्ग, सल्लाहाकर राजु थापा, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषाल, कोषाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सदस्य/सम्पादक/फोटो पत्रकार बिक्रम थापा, सह-कोषाध्यक्ष सह-सम्पादक शिवराम पौडेल, सदस्य/संवाददाता नारायण नेपाल, सदस्य/संवाददाता डम्बर रिमाल लगायत अन्य सँघ-संस्थाका दर्जनौं प्रतिनिधिहरु रहनु भएको थियो ।

यसैगरी नेपालकुवेत डटकमका वरिष्ठ सम्पादक “उत्कृष्ट पत्रकार वर्ष २०१० अवार्ड बिजेता” तोयानाथ दाहालको समारोह सञ्चालन, सम्पादकद्वय नवराज पन्थी र आनन्द आचार्यको सह-सञ्चालन, नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमालको अवार्ड वितरण संयोजन, प्रबन्धक मनु मगरको स्वागत मन्तव्य, महामहिम राजदूत मधुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग र साहित्यकार बाल कुमार गुरुङ्गको शुभकामना मन्तब्य र नेपालकुवेत डटकमका सम्पादक हरिकृष्ण न्यौपानेको अवार्ड बिजेताहरुलाई बधाई ज्ञापन रहेको थियो ।

यस्तै कलाकारहरु राजेन्द्र बिरही, चन्दन लिम्बु, अनिल रसाईली, मनोज काफ्ले र माधव शर्माले गाउनु भएको स्वागत/शुभकामना/लोक/आधुनिक गीताहरुले कार्यक्रममा थप रौनक भरेको थियो ।

One response to “मरुभूमिको कोसेलीको वार्षिक अवार्ड २०१० भव्यतापूर्वक सम्पन्न

  1. bal kumarjilai dherai2 badhai chha. ra marubhumiko koshesi pariwarlai ajha sashakta rupma agadi badhnako lagi kuwaitma karyarat sampurna sangh santhako sahyog prapta hos bhanne kamna garna chahanchhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.