जय आले, कुवेत
तमू समाज कुवेतको आयोजनामा आगामी ११ मार्च २०११ शुक्रवारको दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा हुन गईरहेको अन्तर नेपाली भलिवल प्रतियोगिता पूर्ण तयारी अवस्थामा रहेको र यस प्रतियोगितामा १५ टिमहरुले भाग लिएको आयोजक समितिले जानकारी गराएको छ ।
साथै हिजो ४ मार्च शुक्रबारको दिन, बेलुकी ५ बजे मलियाको पोष्ट अफिस अगाडि तिनै सहभागी टिम र उपस्थित सर्बसाधारणको रोहबरमा गोला प्रथाद्वारा निर्धारण गरिएको टाइ सिट कुवेतनेपाल डटकमलाई आयोजकले उपलब्ध गराएको छ । जस अनुरुप, समुह चरणको पहिलो खेलमा ‘A’ पोलबाट अल-कुवेत Vs होटल रेडिसन ब्लु, नव-प्रतिभा-ए Vs तामाङ्ग घेदुङ्ग, SDFC-ए Vs लाङ्घाली युवा क्लव, तमू समाज Vs प्रेस नेपाल र ‘B’ पोलबाट नव-प्रतिभा-बि Vs नयाँ नेपाल, मेनपावर एशोसियसन Vs SDFC-बि, कालीगण्डकी Vs क्रेज नेपाल खेल्ने छन, भनें DXN नेपाल बाइ (वाक ओभर) मा परेको छ ।
—————————————————————————————————
तमू समाज, कुवेतद्वारा मार्च ११ तारिक भलिबल खेलाइने
यही आउदो ११ मार्च २०११, शुक्रबार मङाफ भलिबल मैदानमा तमू समाज, कुवेतद्वारा आयोजित अन्तर नेपाली भलिबल प्रतीयोगिता हुन गैरहेको कुवेतबासी समस्त खेलाडीहरु तथा खेलप्रेमी दर्शकहरुमा सहर्ष जानकारी गराउदछौ साथै उपरोक्त दिनमा अन्य कुनै पनि कार्यक्रमहरु नजुधाइ प्रतीयोगितालाई सफल रुपमा सम्पन्न गर्न सहयोग गरी दिन हुन कुवेतमा कृयासिल सम्पूर्ण नेपाली सँघ-सस्थाहरुमा तमू समाज, कुवेत बिनम्र अनुरोध गर्दछ।
साथै प्रतियोगितालाई अनुशासित र शुचारु रुपले सन्चालन गर्नको लागि प्रतियोगिता सम्बन्धी नियामावली निम्न बमोजिम रहेको जानकारी समेत गराउदछौ।
प्रतियोगिता सम्बन्धी नियमावलीहरु:-
१) प्रतियोगिता शुक्रबार, ११ मार्च २०११ बिहानको ७:०० बजे देखी मङाफ भलिबल मैदानमा सन्चालन हुनेछ, यदी कुनै कारण बस् प्रतियोगिताको मिति समय र स्थान परिवर्तन गर्नु परेको खण्डमा आयोजक द्वारा सहभागी सबै टिमहरुलाई पूर्व सूचना सूचित गरेनेछ।
२) टिम दर्ता गराउने अन्तिम मिती शुक्रबार, ४ मार्च २०११ अपरान्ह ३ बजे सम्म राखिएको छ भने टाई-सीट सोही दिन साझ ४ बजे उपस्थित सबै टिमका प्रतिनिधिहरुको रोहबरमा मालिया सिटीमा घोषणा गरिने छ।
३) दर्ता शुल्क के. डी. १५ राखिएको छ।
४) प्रतियोगितामा विजयी प्रथम र दोस्रो टिमलाई एक एक थान खसी उपहारको साथै प्रतियोगिता भरिको उक्रिष्ट एवंम अनुशासित एक/एक टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।
५) प्रतियोगिता टि टि नियम बमोजिम वेस्ट अफ थ्रीको आधारमा खेलाइनेछ। खेल समयावधी भरी रेफ्रीको निर्णय सर्बमान्य हुनेछ।
६) प्रतियोगितामा भवितब्य वा खेलाडीहरु माथि आउन सक्ने अन्य कुनै किसिमको चोटपटकको जिम्मेबारी टिम आँफैले लिनु पर्नेछ। सहभागी खेलाडीहरुले टिमको जर्सी अनिबार्य लगाउनु पर्नेछ।
७) प्रतेक टिममा अतिरिक्त ३ जना खेलाडी तथा एक टिमम्यानेजर लगायत जम्मा १० जना अनिबार्य रहनुपर्ने छ।
८) प्रतेक टिमले आफ्नो खेलाडीहरुको नामावली, सिभिल आइडीको फोटो कपि तथा टिम दर्ता शुल्क टाई-सीट निर्णय गरेने दिन शुक्रबार, ४ मार्च २०११ अपरान्ह ३ बजे सम्म बुझाई सक्नु पर्नेछ।
९) मादक पदार्थ सेवन गरी प्रतियोगितामा प्रबेश गर्न पाइने छैन।
१०) प्रतियोगिता भरी मादक पदार्थ सेवन गरी वा अन्य कुनै किसिमले हुल हुज्जत गरी असामान्य स्थिती सिर्जना गर्न खोज्ने जो कोहीभए पनि कुवेतको प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।
११) खेल शुरु हुने निर्धारित समय भन्दा १५ मिनेट अगावै आ-आफ्नो टिम उपलब्ध भइ प्रतिस्प्रधाको निम्ती तयार रहेको कुरा टिम क्याप्टेन वा टिम म्यानेजर द्वारा आयोजक समितीलाई जानकारी गराइ सक्नु पर्ने छ र तोकिएको समयमा टिम उपस्थित हुन नसके बिपक्षी टिमलाई स्वत: विजयी घोषणा गरेनेछ, यदी दुबै टिम उपस्थित हुन नसके दुबै टिमलाई खारेज गरी टाई-सीट मुताबिक अर्को चरणको खेल खेलाइनेछ।
पुनस्च: प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ता गराउनको निम्ती संपर्क ब्यक्तीहरु निम्न रहेको छ।
अमर जंग गुरुङ – ५५१७२००२, अमर गुरुङ – ९००२६५८४, खोप बहादुर गुरुङ – ५५६८२२१४, राजु गुरुङ – ६७०७२९४४, नबिन गुरुङ – ५५६४७६४४, महेन्द्र गुरुङ – ६६८४५१९२, निपेश गुरुङ – ९९३८७३४१, दिपक गुरुङ – ६५९३८३६८, पदम गुरुङ – ६५१२०६३३, दुर्गा गुरुङ – ६७७६७१९३
धन्यवाद!!!
आयोजक
तमू समाज, कुवेत
tamu samaj kuwaitle sanchalan garna gairaheko vollyball partiyogita purna rupma safal hos bhanne agreem shubha kamna garna chahanchhu.
Yasari Bideshko Thaugma Pani TAMU SAMAJ Kuwaitle Vallyball Pratiyogita Gari Nepaliharu ko Jamghat Garaun Khojnu Vayekoma Derai Derai Dhanyabad ra Saphal Sanchalanko Lagi Agreem Subhakamana
धन्यवाद तमु समाज परिवारलाई हजुरहरुले चाल्नु भएको कदम प्रति एकदम खुशी लाग्यो!
एसरी नै नया कदम चाल्दै जानु भयो भने अबस्य सफलता हाशिल गर्न सकिन्छ
हामी प्रबाशी भित्र भएर पनि हाम्रो धर्म सस्कृति रिति रिवाज र परम्परालाई
अगाल्दै जानु एकदम राम्रो हो कसरी हुन्छ आफ्नो कमिटीलाई अगाडी बढाउनु पर्छ
धन्यवाद {सुन बहादुर तामांग घलान}