जय आले, कुवेत
कुवेत सरकारले कुवेतमा गैह्र कानूनी हैसियतमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई मार्च १ देखी जुन ३०, २०११ सम्म आ-आफ्नो मुलुक फर्कन सक्ने सुविधा प्रदान गरेको छ । जस सम्बन्धमा नेपाली राजदूतावास कुवेतले ०४ मार्च २०११ मा विस्तृत जानकारी तथा थप विवरण सहित ४ पृष्ठ लामो विज्ञप्ती जारी गरेको छ । कृपया कुवेत सरकारले प्रदान गरेको यो सु-अवसर नगुमाउनु हुन र नेपाली राजदूतावास कुवेतको विज्ञप्ती ध्यानपूर्वक पढ्नु हुन साथै सोही बमोजिम गर्नु हुन -रोजगारिको सिलसिलामा कुवेत आई विविध समस्या र कारणवश गैह्र कानूनी बन्न विवश हुनु भएका तमाम कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुवेतनेपाल डटकम परिवार हार्दिक अनुरोध गर्दछौं ।
नेपाली राजदूतावासको विज्ञप्ती पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्:
गत ६ साल देखि म यहाँ कुवैत मा काम गरि र छु, र येही १ साल जति भयो मेरो विसा न भएको, मेरो काम पनि राम्ररी चली र छ,,,,,क्रिपाये गरि जानकारी दिनु सक्नु हुन्छ होला ”के मैले एस समय मा विसा लगाएर काम गर्न सक्छु कि”,,,,,,,,
जीम्मी गुरुङ्ग जी,
गैह्र कानूनी हैसियतमा कुवेत बसेका, राहदानी आफैसँग भएका र आवासिय भिषा लिइ कानूनी रूपमा पुन. कुवेत बस्न चाहनेहरूले स्वदेश फिर्ता नभइ कुवेतमै बसेर पनि कानूनी हैसियत प्राप्त गर्न सक्ने तर गैह्र कानूनी बनेको अवधीभरको नियमानुसार लाग्ने जरीवानाको रकम तिर्नु पर्ने र आवासिय भिषाका लागि तोकिएको कानूनी प्रकृया सबै पुरा गर्नु पर्ने प्रावधान रहेको जानकारी गराइन्छ ।