दक्षिण अफ्रिकाको फराकिलो जित


मोहाली (एएफपी), फाल्गुन २० – एबी डे भिल्लर्स र हसिम अमलाले शतक बनाएपछि दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा बिहीबार नेदरल्यान्ड्समाथि २ सय ३१ रनको जित हात पारेको छ ।डे भिल्लर्सले लगातार दोस्रो शतक हान्ने क्रममा १ सय ३४ रन बटुले भने प्रारम्भिक ब्याट्सम्यान अमलाले १ सय १३ रन जोडे । समूह ‘बी’ मा लगातार दोस्रो जित निकालेको दक्षिण अफ्रिकाले पाँच विकेट क्षतिमा ३ सय ५१ रन बनाएको थियो । डच टिम १ सय २० रनमा सीमित भएको थियो ।

दक्षिण अफ्रिकी तीव्र गतिका तथा स्पिन बलर हावी भएपछि नेदरल्यान्ड्सले ३५ औं ओभरमा सबै विकेट गुमायो । उसको यो लगातार तेस्रो हार हो । सिमर ज्याक कालिसले शीर्ष दुई विकेट हात पारे भने पाकिस्तानमा जन्मेका लेग स्पिनर इमरान ताहिरले ३-१९ को प्रदर्शन गरे । बायाँ हाते स्पिनर रोबिन पिटरसनले २२ रन खर्चेर दुई विकेट लिए ।

नेदरल्यान्ड्सका लागि विस्ले ’boutसीले ४४ रनको उच्च स्कोर बनाए । २१ रनमा जीवनदान पाएका ’boutसीको कालिसको बलमा मोर्ने मोर्कलले क्याच छाडे ।

दक्षिण अफ्रिकाले ग्रेम स्मिथलाई २० र कालिसलाई २ रनमा गुमायो । विजेता टिमले दुई विकेट नोक्सानमा ५८ रन जोडेको थियो । डे भिल्लर्स र अमलाले टिमलाई २ सय २१ रनको स्थितिमा पुर्‍याए ।

डे भिल्लर्सले ८८ बलमा ११ औं वान-डे शतक हाने । अमलाले आठौं शतक हान्ने क्रममा १ सय २१ बल खेले । दक्षिण अफ्रिकाले अन्तिम १० ओभरमा १ सय ३६ रन जोड्यो । जेपी डुमिनीले १५ बलमा ४० रन बटुले । उनले चार छक्का र दुई चौका हाने ।

डे भिल्लर्सले अघिल्लो खेलमा वेस्ट-इन्डिजविरुद्ध नटआउट शतक हानेका थिए । उनले सिमर बर्नार्ड लोट्सको लगातार तीन बलमा छक्का हाने भने रायन टेन डोइस्चेटको लगातार तीन बलमा चौका गयो । अमलाले १ सय ३० बलमा आठ चौका प्रहार गरे ।

Posted By : Dambar Prasad Rimal                   Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.