आयरल्यान्डको रोमाञ्चक जित


बैंग्लोर (एएफपी), फाल्गुन १९ – केभिन ओब्राइनको कीर्तिमानी शतकसँगै फेरि एकपल्ट आयरल्यान्डले विश्वकप क्रिकेटमा अर्को अप्रत्याशित नतिजा निकालेको छ । उसले बुधबार इंग्ल्यान्डले दिएको ३ सय २८ रनको चुनौती ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो । आयरल्यान्डले चार वर्षअघि वेस्ट-इन्डिजमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।

दायाँ हाते २६ वर्षीय अलराउन्डर ओब्राइनले ५० बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै शतक पूरा गरे । उनी विश्वकप क्रिकेटमा छिटो शतक प्रहार गर्ने खेलाडी बने । यसअघि अस्टे्रलियाका म्याथ्यु हेडनले २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ६६ बलमा शतक पूरा गरेका थिए । वान-डे क्रिकेटमा भने ओब्राइनको छैटौं छिटो शतक

बन्यो । वान-डेमा ३७ बलमा शतक प्रहार गर्दै पाकिस्तानका साहिद अफ्रिदीले कीर्तिमान राखेका छन् ।

ओब्राइनले ६३ बलमा १ सय १३ रन जोडेपछि आयरल्यान्डको जित सम्भव भएको हो । आयरल्यान्डका लागि एलेक्स कुस्याकले ४७ र जोन मुनीले नटआउट ३३ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेट क्षतिमा ३ सय २७ रन जोडेको थियो । कप्तान एन्ड्रयु स्ट्रस र केभिन पिटरसनले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुआत दिलाए । भारतविरुद्धको खेलमा शतक प्रहार गरेका स्ट्रस ३४ रन बनाएर पेभेलियन फर्के । पिटरसनले ५० बलमा ७ चौका र २ छक्का मदतले ५९ रन जोेडे । जोनाथन ट्रटले ९२ र इयान बेलले ८१ रन बटुल्दै इंग्ल्यान्डको इनिङ सम्हाले । ट्रट र बेलले तेस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरेका थिए । बलिङमा आयरल्यान्डका जोन मुनीले ९ ओभर बलिङ गर्दै ६३ रन खर्चेर ४ विकेट लिए ।    

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.