दक्षिण कोरीया । इपिएस प्रणालीबाट कोरिया पुगेका २ सय नेपाली पक्राउ परेका छन् । भिसा भएका उनीहरुलाई काम गरिरहेको कारखानाबाटै अद्यागमनका कर्मचारीले धमाधम पक्राउ गरेका हुन् । राती होस् या बिहान, जनुसुकै बेलामा पनि कोरियन अद्यागमन कर्मचारीले विनाकुनै सूचना काम गरिरहेको कारखानाबाट गत शनिबारदेखि पक्राउ गरिरहेको नेपाली कामदारको गुनासो छ ।
समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका र पछि फेरि इपिएस प्रणालीबाट कोरीया गएकाहरु बढी रहेको बताइएको छ । ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन र सिउलबाट नेपाली पक्राउ परेका हुन् । पक्राउ परेकालाई छानविनपछि मात्र नेपाल पठाउने जानकारी दिइएको छ ।
Posted by: Jay Ale
pakdau garne bhaye kina barib nepali haru lai laijanchha korea ma. kati ko paisa faseko hunchha aba ke garne yesko barema nepal sarkar le korea sarkar sanga barta garnu parne hunchha