ओमनमा कामदार पठाउन रोक


काठमाडौं, १७ फागुन

सरकारले नेपालको श्रम बजारको आकर्षक गन्तव्य ओमनमा बढ्दै गएको आन्दोलनलाई दृष्टिगत गरी नेपाली कामदार पठाउन रोक लगाएको छ । ओमनमा सरकार विरोधी आन्दोलन बढ्दै गएकाले सुरक्षाका लागि थप कामदार पठाउन बन्द गरिएको श्रम तथा यातयात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार नै ओमनमा रोजगारीका लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी गृह मन्त्रालय, अध्यागमन विभाग र परराष्ट्र मन्त्रालयलाई गराइसकेको उपसचिव चण्डेश्वर आचार्यले जानकारी दिए । सशस्त्र आन्दोलनका कारण नेपाली कामदार रहेको मुलुक लिबिया, बहराइन र यमनमा श्रम स्वीकृति बन्द गरिसकिएको छ ।

ओमनमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयमार्फत दूतावासमा पत्राचार गरिएको आचार्यले बताए । ओमनमा करिब १० हजार नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । गैरकानुनी ढंगबाट गएका समेत गरी करिब १५ हजार कामदार रहेको अनुमान गरिएको छ ।

ओमनमा रहेका नेपाली कामदारको सुरक्षार्थ वैदेशिक रोजगार व्यवसायी संघ र फरेन इम्प्लायमेन्ट एसोसिएसनको ध्यानाकर्षण गराइएको उपसचिव आचार्यले जानकारी दिए । उनका अनुसार ओमनमा कामदार पठाएका म्यानपावर व्यवसायीलाई सचेत गराउन तथा आफूले पठाएका कामदारको स्थिति बुझ्न पनि निर्देशन दिइसकिएको छ ।

“चार दिनदेखि चलेको ओमन आन्दोलनले जुनसुकै बेला हिंसात्मक रूप लिन सक्छ,” उनले भने, “त्यसैले सम्पर्कमा रहन निर्देशन दिइएको हो ।”

ओमनमा चार दिनदेखि चलेको आन्दोलनमा चार जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नागरिक स्वतन्त्रता, तलब वृद्धि, भ्रष्टाचारको अन्त्य र शान्ति सुरक्षाको माग गर्दै शनिबारदेखि ओमनमा आन्दोलन सुरु भएको हो । आइतबार आन्दोलनकारीले ५० नेपालीसमेत कार्यरत रहेको स्वारस्थित लुलु सुपरमार्केटमा आगजनी गरेका थिए ।

वैदेशिक रोजगारीको मुख्य गन्तव्य लिबिया, बहराइन र ओमनमा दिनप्रतिदिन आन्दोलन बढ्दै गएको छ । लिबियामा रहेकामध्ये करिब ५ सय कामदार नेपाल फर्किसकेका छन् भने करिब १ हजार ४ सयभन्दा बढी जोखिमपूर्ण अवस्थामा छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.