साधुको तस्बिर खिच्न बेलायतदेखि पशुपतिमा


काठमाडौ, फाल्गुन १७, पशुपति मृगस्थलीस्थित महायोगी गुरु गोरक्षनाथ मन्दिरमा केही दिनदेखि एक गोरा पाहुनालाई देख्न सकिन्छ । साधुहरूसँग रम्दै तस्बिर खिच्नमा तल्लीनदेखिने उनी हुन् बेलायत वेल्स कारडिफका ४८ वर्षीय व्यावसायिक फोटोग्राफर जोन वारबर्टन । महाशिवरात्रिमा आउने साधुको तस्बिर संकलन गर्न उनी पाँच वर्षदेखि काठमाडौं आइरहेका छन् ।

वास्तुकला, यात्रा, विवाह र धार्मिक गतिविधिको तस्बिर खिच्नमा खप्पिस छन् ।दुई दिनअघिसम्म ठमेलको माउन्ट भ्यु होटलमा बसेका जोनलाई उक्त मन्दिरका जोगीको मैत्रीपूर्ण, सुन्दर र अरूझैं रकम नमाग्ने व्यवहारले आकषिर्त गरेको हुनाले महाशिवरात्रिसम्म त्यहीं बस्ने निधो गरेका हुन् । उनी ती मन्दिरका साधुहरूको बिहानीदेखि सयनकालसम्मको गतिविधि क्यामेरामा समेटिरहेका छन् । ‘मेरो यो व्यक्तिगत परियोजना हो, मैले यसअघि महाशिवरात्रिमा पाँच सय तस्बिर खिचिसकेको छु,’ उनले भने, ‘अझै दुई वर्ष खिच्छु ।’ उनले खिचेका तस्बिरमध्ये दुर्लभ तस्बिर छानेर प्रदर्शनी गर्ने बताए ।

बेलायतको उत्तर-पश्चिमी सहर म्यानचेस्टर जन्मथलो भएका जोनलाई पशुपतिमा आउने अधिकांश पर्यटकझैं अन्त्येष्टिको तस्बिर र साधुसन्तसँग भाङ, धतुरो खानमा रत्तिभर रुचि छैन ।जोन जस्ता पेसेवर फोटोग्राफर मात्र नभएर इन्टरनेट र पुस्तकमा पढेपछि शिवरात्रि’bout थाहा पाएर आउने विदेशी पाहुनाहरूको कमी छैन । प|mान्सको उत्तरी सबैभन्दा ठूलो वास्तुकलाको सहर लिलबाट माइनी क्लोड र उनको श्रीमती माइनी मेरी महाशिवरात्रिकै लागि पहिलोपटक राजधानी आइपुगेका हुन् ।’यात्रा पुस्तक र इन्टरनेटमा अद्भूत हिन्दु संस्कृति, यो पर्व र रमाइला साधु’bout पढेको हुँ,’ उनीहरूले भने, ‘मनले नमानेपछि हेर्न आएका हौं ।’ माइनी दम्पतीले यसअघि भारत, म्यान्मार, ताइवान र इन्डोनेसियालगायतका मुलुुकको भ्रमण गरिसकेका छन् । पशुपति मूल मन्दिर वरिपरि भइरहेको साजसज्जा, रंगरोगन र गेटलाई उनीहरूले नियालिरहेका थिए ।

१५ दिनमा सात दिन खर्चिसकेका यी प|mान्सेली दम्पतीले महाशिवरात्रिपछि पाँच मार्चमा नेपालीहरूले मनाउने ग्याल्बो ल्होछारसमेत मनाएर जाने निधो गरेका छन् ।   पशुपति क्षेत्र विकास कोषको स्रोत व्यवस्थापन महाशाखाका निर्देशक रमेशकुमार उप्रेतीले यतिबेला कुल पर्यटकहरूमा २५ प्रतिशत महाशिवरात्रि महोत्सवको विशुद्ध आनन्द लिन आउने गरेको बताए ।फागुन ८ देखि पशुपतिमा दैनिक औसत ३ सय ५० पर्यटक आउने गरेको कोषले जनाएको छ । ‘हिन्दुधर्म जान्ने, जान्न चाहने, कुराकानी गर्ने र विशुद्ध रमाइलो गर्ने विदेशी पाहुनाको संख्या कमै हुन्छ,’ निर्देशक उप्रेतीले भने ।महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार र मूल पूजाको दिन बुधबार पशुपतिमा आउने पर्यटकको कुनै लेखाजोखा नहुने निर्देशक उप्रेतीले बताए ।

Posted By : Dambar Prasad Rimal                Source : ekantipur

One response to “साधुको तस्बिर खिच्न बेलायतदेखि पशुपतिमा

  1. thanks for the nice pic

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.