निष्ठुरीलाई अन्तिम सन्देश पत्र !!


जिबन लिम्बु, कुवेत

आँखाभरी आँसु बोकी, मनभरी पीडा लिई लक्ष बिहिन यात्रा गरि रहेको छु म । एउटा कथाको पात्र झैं लेखिएका मेरा भाग्य रेखाहरुले नयाँ शब्द चयन गर्न सकेको छैन । शायद गरिबिको जन्जिरले लुटुपुटु र बिश्वासमा धोका पाएको जीवनको अन्त्य एउटा पशुको भन्दा कम नहोला । खै के हो जीवन ? जीबनलाई मैले राम्रोसँग नियाल्ने मौका पाएको छैन । मेरो भाग्य बिधाताले लेखेको यहि जीबन होला… जहाँ मैले व्याथा र रोदन बाहेक अरु पाउन सक्दिन । के जीवनको परिभाषा यहि हो त ?

मैले त्यस्तो भोगाई भोगेको छैन जहाँ सुखको अनुभूती गर्न सकुं । हो शायद म सँग आत्म भईदिएको भए म यसको सानो छेस्कोसम्मको कल्पना गर्न सक्थें होला । तर, मेरो आत्मनै म सँग छैन, मेरो मन म देखि टाढा भईसकेको छ । म लाचार, घृणित, बेशरम अनी अल्छि भईसकेको छु । म मा एउटा मान्छेको स्वरुप मात्र छ, मान्छेमा हुनु पर्ने गुणहरु छैनन् ।

जिउँदो लाश बाँचेर पनि मरे सरह । अब आउने भोलिको कल्पना गर्न सक्दिन म । भुत मेरो त्यस्तै भयो, वर्तमानलाई पनि अङ्गाल्न सक्दिन म । म थकित-थकित छु साह्रै थकित आँखा भएर पनि अन्धो सरी, हात-खुट्टा भएर पनि लङ्गडो सरी !!  पिडा र छटपटाहट्मा ब्याकुल छु । उर्लीएका भाबनाहरुले बगाउँछ मलाई सम्हालिने कोशिस गर्छु म तर ब्यर्थ ठोक्किई रहेको छु, धसारिई रहेको छु चट्टानहरुमा, उडी रहेको छु बतास बनेर उजाड पहाडहरुमा, तड्पी रहेको छु व्याकुल बनी सुख्खा मरुभूमीहरुमा । मलाई लागि रहेको छ म जीबनको अन्तिम मोड्मा छु । यस्तो मोड्मा बेदनाले झनै छाति पोलिरहेको छ, पिडाले सिमा नाघि सकेको छ ।

हो मेरो निर्दोष सच्चा प्रेमले धोकाको नमिठो लात खाएपछि यथार्थमा मेरो जीबन यसरी नै बितिरहेको छ । मेरो अन्तिम चाहना यहि छ कि निष्ठुरी मायालु तिम्रो जीबन सुखमय बनोस्, मलाई सम्झेर तिमिले कहिल्यै आँसु चुहाउन नपरोस्, तिम्रो दाम्पत्य जीबन सुखी र खुशीमा बितोस !! मेरो शुभकामना !!!

उहि जीबन लिम्बु
पाँचथर मौवा-७, चुवाडे, नेपाल
हाल: अबुहालिफा, कुवैत

Posted by: Jay Ale

2 responses to “निष्ठुरीलाई अन्तिम सन्देश पत्र !!

  1. mitho, ramailo..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.