कतारमा ऋचाको करामत


चलचित्र ‘नाइँ नभन्नु ल’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नवनायिका ऋचा सिंह ठकुरीको नेपालमा धुँइधुँइती खोजी भइरहेको छ । उनको दोस्रो फिल्म ‘मनमनै मन पराएँ’ भर्खरै नेपालमा रिलिज भयो, तर त्यसकी नायिका ऋचाको अनुहारसम्म पनि देखिन्न । आखिर ऋचा कहाँ गइन त ?

कतिपयले उनलाई अष्ट्रेलिया त कतिले अमेरिका भासिएको अनुमान गरे । तर, केही संगीसित नेपालबाट उडेकी ऋचा भने अमेरिका हैन खाडी मुलुक कतारमा रहेको सूचना प्राप्त भएको छ ।समाचारअनुसार ऋचाले अहिले त्यहाँको एक होटलमा डान्सरको रुपमा काम गरिरहेकी छन् । अभिनय र मोडलिङबाट पार नलागेपछि बिदेशी होटलमा डान्सरको जागिर खाएर बिदेशी मुद्रा कमाउनु नेपालका युवतीको पपुलर फेसन हो अहिले । त्यहि फेसनमा लागेकी छन नेपाली नायीका ऋचा पनि ।

दुई फिल्मबाट कुनै राम्रो स्यावासी नपाएपछि निराश बनेकी ऋचाले आगामी केही बर्ष बिदेशीसामु जिउ हल्लाएरै जीवन गुजार्ने सोंचा बनाएको बताइएको छ । पछिल्लो समयमा मलेसिया, दुबई, सिंगापुर लगायतका देशमा नेपाली मोडलहरु नृत्यकारका रुपमा काम गरिरहेका छन् ।

Posted By  : Narayan Nepal                      Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.