Daily Archives: 01/03/2011

कतारमा ऋचाको करामत


चलचित्र ‘नाइँ नभन्नु ल’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नवनायिका ऋचा सिंह ठकुरीको नेपालमा धुँइधुँइती खोजी भइरहेको छ । उनको दोस्रो फिल्म ‘मनमनै मन पराएँ’ भर्खरै नेपालमा रिलिज भयो, तर त्यसकी नायिका ऋचाको अनुहारसम्म पनि देखिन्न । आखिर ऋचा कहाँ गइन त ?

कतिपयले उनलाई अष्ट्रेलिया त कतिले अमेरिका भासिएको अनुमान गरे । तर, केही संगीसित नेपालबाट उडेकी ऋचा भने अमेरिका हैन खाडी मुलुक कतारमा रहेको सूचना प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साधुको तस्बिर खिच्न बेलायतदेखि पशुपतिमा


काठमाडौ, फाल्गुन १७, पशुपति मृगस्थलीस्थित महायोगी गुरु गोरक्षनाथ मन्दिरमा केही दिनदेखि एक गोरा पाहुनालाई देख्न सकिन्छ । साधुहरूसँग रम्दै तस्बिर खिच्नमा तल्लीनदेखिने उनी हुन् बेलायत वेल्स कारडिफका ४८ वर्षीय व्यावसायिक फोटोग्राफर जोन वारबर्टन । महाशिवरात्रिमा आउने साधुको तस्बिर संकलन गर्न उनी पाँच वर्षदेखि काठमाडौं आइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘श्रीमती झुक्किएर हैरान’


विराटनगर, फाल्गुन १७ –  ‘मैले बिहे गरेर ल्याएपछि मेरो दाइ हेर्न आएछन् । भाइले कस्ती श्रीमती ल्याएछ भनेर कोठामा छिरेको त बुहारीले श्रीमान् सम्झेर बोलाइछ, दाइ लाजले रातोपीरो भएर भागेछन् । मोरपथरी-१ का रामचन्द्र रानाले जम्ल्याहा हुँदाको पीडा र रमाइलो प्रसंग भनिरहँदा बेतना महोत्सव बेलबारीमा भेला भएका हजारौं दर्शकबीच हाँसोको फोहोरा छुट्यो । पढ्नेक्रम जारी राख्नुहोस्

इङ्ल्यान्डका विकेटकिपर स्टेभन डेभिस समलिंगी


लन्डन, फागुन १७ (एजेन्सी) इङ्ल्यान्डका विकेटकिपर स्टेभन डेभिसले आफू समलिंगी भएको सार्वजनिक रूपमै स्वीकारेका छन् । व्यवसायिक क्रिकेट खेलाडीले आफु समलिंगी भएको स्वीकारेको सम्भवत यो पहिलो घटना हो । सरेका २४ बर्षे विकेटकिपरले द डेली टेलिग्राफलाई आफै यो विषय सार्वजनिक गर्न चाहेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आरुषी–हेमराज हत्याकाण्ड/फेरि नेपालीलाई आरोप


कान्तिपुर संवाददाता                    
नयां दिल्ली, फाल्गुन १७ – रहस्यमय आरुषीहेमराज हत्याकाण्डका आरोपी चिकित्सक दम्पत्ति तोकिएको दिनमा अदालतमा उपस्थित नभएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । २० दिनअघि गाजियावादस्थित विशेष अदालतले राजेश र नुपूर तलवारलाई हत्याकाण्डका मुख्य दोषी मान्दै सोमवार उपस्थित हुन आदेश दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

आगामी बजेट वैशाखमै : अर्थमन्त्री


काठमाडौं, फागुन १७  (नागरिक)- उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आगामी आर्थिक वर्षको बजेट वैशाखमै ल्याउने बताएका छन्। चालु वर्षका लागि पुरक बजेट ल्याउन समय घर्किसकेको जनाउँदै उनले आगामी वर्षका लागि चाँडो बजेट ल्याउने तयारी भएको बताए। चालु वर्षसमेत लगातार तीन पटक वार्षिक बजेट ल्याउन ढिलाई भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

निष्ठुरीलाई अन्तिम सन्देश पत्र !!


जिबन लिम्बु, कुवेत

आँखाभरी आँसु बोकी, मनभरी पीडा लिई लक्ष बिहिन यात्रा गरि रहेको छु म । एउटा कथाको पात्र झैं लेखिएका मेरा भाग्य रेखाहरुले नयाँ शब्द चयन गर्न सकेको छैन । शायद गरिबिको जन्जिरले लुटुपुटु र बिश्वासमा धोका पाएको जीवनको अन्त्य एउटा पशुको भन्दा कम नहोला । खै के हो जीवन ? जीबनलाई मैले राम्रोसँग नियाल्ने मौका पाएको छैन । मेरो भाग्य बिधाताले लेखेको यहि जीबन होला… जहाँ मैले व्याथा र रोदन बाहेक अरु पाउन सक्दिन । पढ्नेक्रम जारी राख्नुहोस्

रुवाउनेको हुल धेरै… !!


भीमराज पाराङ, कुवेत

छोटा-छोटा मिनीस्कर्ट लाउनेको हुल धेरै
हरेक हप्ता मालियामा धाउनेको हुल धेरै
गर्मी होस् या ठन्डी केही प्रवाह नराखी
अर्धनग्न मात्र भई आउनेको हुल धेरै

गाला भरी रातो-रातो खै के-के पोतेर
छेउ जाँदा ठ्वास्स गनाउनेको हुल धेरै
मादलसँग घन्किने लोक भाका बिर्सेंर
रक, पप,  र्‍याप गीत गाउनेको हुल धेरै पढ्नेक्रम जारी राख्नुहोस्