Monthly Archives: मार्च 2011

एउटै नम्बर प्लेटका दुई मोटरसाइकल


(माधव बराल) कास्की असोज ३- पोखरामा एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल फेला परेका छन् । पोखराको स्थानीय रेडियो अन्नपूर्णका सम्वाददाता दिननाथ बराललाई आक्रमण गरी घाइते बनाउने विशाल गौचनलाई प्रहरीले पक्राउ गरेपछि उनले नक्कली नम्बर प्लेटको मोटरसाईकल चढेको थाहा भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

निशा नै अगाडि


केकी अधिकारी, नम्रता श्रेष्ठ तथा निशा अधिकारीमध्ये दर्शकलाई कुन नायिकाको अभिनय सबैभन्दा बढी मन पर्छ ? गत साता एउटा अनलाइन पत्रिकाले गरेको सर्वेक्षणमा निशा अधिकारीले बाँकी दुई नायिकालाई जितेकी छिन् । मेरो सिनेमा डटकमले गरेको सवेर् क्षणमा निशाले नम्रता र केकीलाई पछि पारेकी हुन् । सर्वेक्षणमा सहभागी करिब २ हजार मतदातामध्ये निशाको पक्षमा ३७ दशमलव ८२ प्रतिशत मत परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माइलीको रिस


नायिका तथा गायिका माइली साइरस लगातार दोस्रो दिन कुनै फोटोग्राफरमाथि जाइलागिन् । पछिल्लो पटक माइली एउटा जिमशालाबाट बाहिरिने क्रममा नजिकै आइपुगेका फोटोग्राफरलाई उनले बेस्सरी गाली गरिन् । माइली क्यालिफोनिर्याको वेस्ट हलिउडस्थित  एउटा जिमशालाबाट बाहिरिंदै थिइन्, त्यही बेला उक्त घटना घट्यो । माइलीले फोटोग्राफरको क्यामेरा खोस्ने प्रयास गरेकी थिइन् । फिमेलफस्ट डट कमले जनाएअनुसार उक्त घटनाको एक दिनअघि पनि अर्का एक फोटोग्राफरले माइलीको रिस सहनुपर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारका भावी निर्णयहरू शंकाका घेरामा


अर्थतन्त्र ओरालो लागेको र उद्योग व्यवसायमा कर छलीले प्रश्रय पाइरहेका बेला मन्त्रीसँग गहिरो मतभेद राख्दै अर्थसचिव रामेश्वर खनालले राजीनामा गरेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) का नक्कली बिल प्रयोग गर्ने व्यवसायीलाई छानबिन गरी तह लगाउने योजनाका साथ खनाल जसरी बढेका थिए, अब काम त्यही गतिमा बढ्नेमा गम्भीर शंका पैदा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जिउँदो चौरीको आलो रगत पिउने मेलाको तयारी


मुस्ताङमा चौंरी गाईको रगत खाने मेला हुने भएको छ । धौलागिरी चौरीपालन समूह कोबाङको आयोजनामा वैशाख ५ गते मेला हुने भएको हो । जिउंदो चौरीको गर्दनबाट भुलभुल निक्लेको आलो रगत प्यालाभरी भर्दै मान्छेहरु आँखा चिम्लिएर एकै सासमा घुड्काइ रहेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एक सैनिक, एक डलर


चैत्र १७ – शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सेनाले घरेलु कामका लागि त्यहाँ गई अलपत्र परेका नेपाली महिलाको उद्धारमा सघाइरहेको छ । मिसनमा त्यहाँ जाने सबै नेपाली सैनिकले गैरआवासीय नेपाली संघ लेबनानले स्थापना गरेको ‘घरेलु महिला उद्धार कोष’ मा सहयोग गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लेबनानमा नेपाली महिलाको हत्या


घरेलु कामदारका रुपमा लेबनानमा कार्यरत एक नेपाली महिलाको हत्या भएको छ । दमक झापाकी २२ वर्षिया गीता श्रेष्ठलाई एक सिरियाली नागरिकले हत्या गरेको बताइएको छ । आफुहरुवीच शारिरिक सम्बन्ध रहेको र गीताले गर्भवती भएको भनेपछि केही सोच्नै नसकेर हत्या गरेको ती सिरियाली नागरिकले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै


विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा….

मुम्बई, चैत १७ – पाकिस्तानमाथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छ। विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले। त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन्। भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ धेरैको। किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन्।यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ। पढ्नेक्रम जारी राख्नुहोस्