२ सय ५८ दिनसम्म मेरा आँखाहरु बाँधिए…


२०६७ माघ १७ गते । म जीतमान बस्नेत, मेरो जन्म २०३२ सालमा सोलुखुम्बुको गोली गा.वि.स.मा भएको हो । मैले सोलुखुम्बु चौलाखर्कको हिमगंगा उच्च मा.वि.वाट एस.एल.सी र काठमाडौं ल कयाम्पसवाट काननु मा स्नातक तथा भारतको इन्डियन ईन्स्टिच्यूट अफ ह्युमन राईट्सवाट मानवअधिकार बिषयमा स्नातकोत्तर गरेको छु ।

सानै देखि मेरो स्वभाव अन्यायको बिरोध गर्ने थियो । अहिले पनि जो जहाँ अन्यायमा परेका भएपनि म त्यसको बिरोध गर्छु । अन्यायको बिरोधमा मेरो मनमा पलाउने आक्रोश र सुचना सबैले पाउनुपर्छ भन्ने सोचका कारण केही सक्रीय युवा साथीहरुसँग मिलेर हामीले एउटा पत्रिका प्रकाशन शुरु गर्यौं । सोलुखुम्बुलाई केन्द्र बनाएर राष्ट्रिय समाचारलाई समेत समेट्ने र सोलुका हरके गाउँमा सुचनको पहँच  पुर्याउने हाम्रो लक्ष्य थियो । पहिले “सगरमाथा सन्देश” र पछि “सगरमाथा टाईम्स” को नामले प्रकाशन हुने सो पत्रिका धेरै दुःखकष्टको बावजुद पनि हामीले जिल्लाका सबै माध्यमिक विद्यालय लगायत् अन्य सरकारी, गैह्र सरकारी कार्यालय र व्यक्ति समक्ष पुर्याउन सफल भयौं ।

मलाई लाग्छ सुचनाको क्षेत्रमा सोलुखुम्बुको लागि त्यो एउटा क्रान्ति नै थियो । पत्रिका प्रकाशन भईरहेको थियो । हामी गाउँमा सुचना पुर्याउन र अन्यायको बिरोधमा कलम चलाउन सक्रीय थियौँ । २०६० सालको कुरा हो त्यो बेला बिद्रोही माओबादी र सरकारबीच वार्ता चलिरहेको थियो । युद्धबिराम भएको त्यहिबेला रामेछापको दोरम्बामा एउटा घटना घट्यो । दोरम्बामा एउटा विवाह थियो,त्यहाँ माओवादी र गैह्रमाओवादीहरु पनि थिए । त्यसैक्रममा हतियारबद्ध संयुक्त सुरक्षा फौजको टोलीद्वारा २१ जना हतियारबिहिन नागरिकलाई पक्रेर गोली हानी मारियो । त्यहि बर्षको मंसिर महिनाको सगरमाथा टाईम्सको अंकमा हामीले त्यो घटनाको समाचार बिश्लेषण प्रकाशन गर्यौं ।

अनि त्यही अंकको सम्पादकीयमा मैले मेरो स्वतन्त्र कलमले तत्कालिन राजा ज्ञानेन्द्रको सम्पतीको अवस्थालार्इ  लेखें ।सगरमाथा टाईम्सको त्यो अंक बजारमा पुगेपछि मेरो जीवनमा एकाएक परिवर्तन भयो । मलाई ज्यान मार्ने धम्की आउन थाल्यो । त्यसलार्इ  आधार मानरे त्यही वर्षको माघ २१ गते मलाई काठमाडौँको  तिनकुनेबाट पक्राउ गरियो । अपहरणको शैलीमा मलाई आँखामा पट्टि बाँधी लगेर सेनाको महाराजगञ्ज स्थित भैरवनाथ ब्यारेकमा थुनियो । करिव १० महिनाको यातनामा मैले मान्छे मार्नको लागि हतियार नचाहिँदो रहेछ , काटनु ,चिर्नु  केही नपर्ने रहछे भन्ने थाहा पाएँ ।

खान नदिएपछि, उपचार नगरिदिएपछि, यातना दिएपछि मान्छे मर्ने रहेछ , मेरो आँखाले त्यो द्रिश्य देखेँ । २ सय ५८ दिनसम्म मेरा आँखाहरु बाँधिए, मैले मान्छेको अनुहार कस्तो हुन्छ ? आकाश कस्तो हुन्छ ? रुखका पात कस्ता हुन्छन् ती देख्न पाईन, मैले उँधोमुन्टो लगाएर आँखा बाँधिएको अबस्थामा, हात पछाडि बाँधिएको अबस्थामा बस्नुप-यो । त्यहाँ अरु बन्दी नागरिकहरुको अवस्था पनि उत्तिकै दयनीय थियो, त्यही यातनाका क्रममा त्यहाँ धेरै साथीहरु मारिए पनि ।

निर्दोष साथीहरु पनि थिए त्यहाँ माओवादी भनेको के हो भनेर नबुझ्ने मान्छेहरुलाई पनि १० महिनासम्म थुनेको देखें, राम्रोसँग बोल्न नजान्ने र हिड्न नसक्नेहरुलाई पनि त्यहाँ १० महिनासम्म यातना दिएको पाईयो । मैले त्यहाँ ती द्रिश्यहरु प्रत्यक्ष देखेँ भोगेँ त्यहाँ बन्दीजीवन बिताउँदा आफुलाई  मान्छेको  दर्जामा राखेको  कहिल्यै पाईनँ। पत्रिकामा एउटा पत्रकारको हैसियतमा लेखेकै कारणले र एकजना कानुन व्यवसायीले मानवअधिकार र न्यायको पक्षमा आवाज उठाएकै कारणले मलाई त्यतिखेर चरम यातनाका साथ २ सय ५८ दिनसम्म बन्दी बनाएर राखियो ।

२ सय ५८ दिनपछि म भैरवनाथ गणवाट निस्किएँ । मेरो निस्कनुको कहानी पनि छुट्टै छ । मलाई भित्र राख्दा मेरा कानुन व्यवसायी मित्र, पत्रकार साथीहरु, मेरो परिवार कसैलाई जीतमान बस्नेतलाई यो ठाउँमा थुनिएको छ, यो कारणले थुनिएको छ भनेर जानकारी दिइएन । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पर्यो, अदालतलाई आर्मीले जीतमान बस्नेत भन्ने मान्छेलाई पक्रेकै छैन भनेर ढाँट्यो । देशमा कानुनको एउटा प्रणाली भएको बेलामा नागरिकलाई त्यसरी बेपत्ता अबस्थामा गुमराहमा राखिनु अत्यन्तै गलत हो । २०४७ सालको संबिधानले नेपाली नागरिकलाई व्यारेकमा राख्ने कुनै अधिकार दिएको थिएन । पक्रिए पछि कानुनबमोजिम २५ दिनसम्म अदालतको अनुमति लिएर अनुसन्धानको क्रममा राख्नसकिने अवस्था थियो, तर त्यो नगरेर बेइमानीपूर्वक सेनाको ब्यारेकमा यातना दिएर राख्ने काम भयो । काठमादौँको मुटुमा रहको भैरवनाथ गणभित्र के भईरहेको छ भन्नेकुरा त्यसको पर्खाल बाहिर त थाहा हुने कुरै भएन । यतिसम्मकी त्यहाँ भित्रका धेरै सिपाहिहरुलाई पनि थाहा थिएन । एउटा निश्चित समुहले कैदिहरुको रेखदेख गर्थ्यो र जे गर्थ्यो त्यहि समुहले गर्थ्यो ।

नेपाली नागरिकले त्यस्तो यातना पाएका छन् भने त्यो कुरालाई बाहिर ल्याउनु पर्छ भनेर मैले एउटा पत्रकार र कानुन व्यवसायीको नाताले त्यहाँको कठोर अवस्था सबै माझ पुर्याउन प्रयास गरेँ । मलार्इ  त्यहाँबाट  छुट्ने बेलामा तिमीलार्इ  जीवित निकालिदिएका छौँ  तर कसैलाई यहाँ भित्रको कुरा भनेमा तिम्रो मृत्यु निश्चित छ भनेका थिए अनि हरेक १५ दिनमा फरक ठाउँमा सेनाका मान्छेलाई  भेट्नु पर्थ्यो । धम्किहरु धेरै थिए तर अठाटे गरेँ मैले त्यहाँ भित्रको अबस्था बाहिर ल्याउनै पर्छ ।

बन्दी हुँदा आँखा छोपेर हात पछाडि बाँधेको अवस्थामा मलाई पल्लो पालबाट बन्दीहरुले भनेको ५० भन्दा बढि टेलिफोन नम्बरहरु कण्ठ थिए । बाहिर आएपछि मैले ती साथीका परिवारलाई भेटेर तपाईका छोराछोरीहरु जीवित छन है भनरे खबर गरें । अनि बाहिर आएपछि त्यो घटनामा सम्लग्न दोषीहरुलाई कानुनको दायरामा ल्याउन प्रयास थालें । त्यो क्रममा सेनाली फेरी पक्रने सुचना पाएपछि म भागरे भारतको दिल्लीमा गएर २ बर्ष  बसें र त्यहि बसाईका क्रममा मैले “अँध्यारा २ सय ५८ रातहरु” नामको पुस्तक लेखें । सन २००७ मा नेपालमा  आन्दोलन सफल भइसकेपछी काठमाडौंमा आएर त्यो पुस्तक प्रकाशन गरें । त्यो पुस्तक १५ दिन भित्रमा यति धेरै बिक्री भयो कि फेरी अर्को सस्करण निकाल्नु पर्यो  ।

अनि पछि बिभिन्न देशका मानवअधिकारवादी सघं-सश्थाको आग्रहमा अंग्रेजीमा पनि प्रकाशन गर्यौं । मलाई लाग्छ म पुनर्जन्म पाएर अहिले बाँचिरहेको छु । ब्यारेकमा यातना भोग्दैगर्दा मलाई लाग्दैनथ्यो कि म बाँचेर फेरि बाहिर निस्कन्छु । तर आज बाँचिरहेको छु । सानै देखिको अन्यायको बिरोध गर्ने मेरो दिमागले आज न्यायको पक्षमा अरु काम गर्न भनिरहेको छ । दण्डहीनताले देश अहिले पनि पीडित छ, अहिले पनि धेरै सुचनाहरु लुकाईएका छन् । यस्तो अवस्थामा न्यायको पक्षमा सञ्चार र अदालत अनि मानवअधिकारको वकालत सबै ठाउँबाट कलम र बोली चलाईरहने छु ।

(पत्रकार एवं कानुनव्यवसायी जितमान बस्नेतसँग गरिएको कुराकानीमा आधारित)

Posted by: Jay Ale                 Source: Soluonline

2 responses to “२ सय ५८ दिनसम्म मेरा आँखाहरु बाँधिए…

  1. veryyy good brother keep it up

  2. aafno kahali lagdo din haru ko bare ma jankari dinu va’ko ma dhanya bad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.