स्याङ्गजाली समाज यूएईले संगठन विस्तारमा तीब्रता ल्यायो


विरही रिजाल, अबुधाबी

२७ फेब्रुवरी २०११, यूएईमा रहेका स्याङ्गजावासीहरुको उद्घार अनि स्याङ्गजा जिल्लाको उत्थानको निम्ति  पर्यटन प्रवद्र्धन, शिक्षा, सडक, तथा दुर्गम क्षेत्रको विकासमा सहयोग पुर्याउँने उद्देश्यलिएर गत ७ जनवरी २०११ का दिन गठन भएको स्याङ्गजाली समाजले यूएईका विभिन्न क्षेत्रहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा यही मिति २५ फरवरी २०११ का दिन अबुधाबीको कोर्निचमा एक बृहत् भेला गरी अबुधाबी क्षेत्रीय समिति समेत गठन गरेको छ ।

यूएईमा छरिएर रहेका स्याङ्गजाबासीहरुको नामावली संकलन गरेर स्याङ्गजालीहरुको सही तथ्याङ्क राख्ने तथा विशुद्ध समाजसेवा गर्ने र स्याङ्गजा जिल्लाको चौतर्फी विकासमा सहयोग पुर्याउँने मुख्य उद्देश्य रहेको संस्थाको यो भेला संस्थाका अध्यक्ष चन्द्र रोकाहाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ, यूएई शाखाका केन्द्रीय प्रतिनिधि खेमनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

केन्द्रीय सदस्य भूपति न्यौपाने द्वारा भेलाको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्दै शुरु भएको उक्त भेलामा संस्थाका अन्य पदाधिकारीहरु, सल्लाहकार, पत्रकार तथा क्षेत्रीय पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

लेखनाथ न्यौपानेको अध्यक्षतामा गठित ११ सदस्यीय अबुधाबी क्षेत्रीय समितिका अन्य पदाधिकारीहरुमा बालकृष्ण शर्मा उपाध्यक्षमा, नारायण प्रसाद डुम्रे सचिवमा तथा ऋषि बस्याल कोषाध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यहरुमा तिल बहादुर कुँवर, कृष्ण शर्मा, राजेन्द्र खत्री, शिव प्रसाद तिवारी, यम बहादुर पौड्याल क्षेत्री, राजन खत्री र राम बहादुर खत्री चुनिएका छन् । यसैगरी उक्त भेलाले केन्द्रीय सदस्य नीलकण्ठ भट्टराईलाई क्षेत्रीय सल्लाहकारमा मनोनीत गर्यो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष चन्द्र रोकाहा, सललाहकार गिरधारी रिजाल तथा प्रमुख अतिथि खेमनाथ पौडेलले खादा ओढाएर सम्मान गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजु पाण्डेले गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य दिने क्रममा केन्द्रीय सल्लाहकार गिरधारी रिजालले सर्वप्रथम हामी सबै स्याङ्गजाबासीहरुबीच आपसी भ्रातृत्व कायम गर्दै जनचेतना जगाउँनु परेको छ भन्ने कुरामा जोड दिए भने प्रमुख अतिथिको आसनबाट पत्रकार खेमनाथ पौडेलले केवल संस्थाको संगठन विस्तार गरेर मात्रै नहुने र लिएको उद्देश्य प्राप्तिका लागि काम पनि गरेर देखाउँनुपर्ने कुरामा जोड दिदै संस्थाको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमको अन्तमा सभापति रोकाहाले हामीले यूएईमा रहेका अन्य संस्थाहरुसँग सहकार्य गर्नुका साथसाथै स्याङ्गजाबासी तथा स्याङ्गजा जिल्लाको विकासको निम्ति अग्रसर हुनुपर्छ भन्ने कुराको अनुरोध गर्दै भेलाको विसर्जन गरेका थिए ।

Posted by: Jay Ale

One response to “स्याङ्गजाली समाज यूएईले संगठन विस्तारमा तीब्रता ल्यायो

  1. congratulation all team members. & thank u girdhari ji…

    Manoj
    Manojmansun@yahoo.com
    Mobail +965 60750833

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.