पशुपतिका चारै ढोकामा सीसीटीभी


 फाल्गुन १६ – महाशिवरात्रिको गतिविधि अनुगमन गर्न मूल मन्दिरका चारै ढोकामा पशुपति क्षेत्र विकास कोषले सीसीटीभी -क्यामेरा)जडान गर्ने भएको छ ।कोषले महाशिवरात्रिमा पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो । कोषले यसपटक गत वर्षभन्दा एक हजारभन्दा बढी सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सेना र निजी सुरक्षागार्डसहित ३ हजार ८ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

आइतबार बिहानदेखि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सेना र कोषका कर्मचारी सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ । सादा पोसाकमा परिचालित उक्त टोलीले नशालु पदार्थ बेचबिखनमा संलग्नलाई पक्राउ गर्नेछ । लागूपदार्थससहित पक्राउ परेका १० साधुलाई आइतबार थानकोट कटाइएको कोषले जनाएको छ ।

महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा जमिनमुनि रहेको क्षेत्रपाल महादेव र शिवलिंग’bout जानकारी दिन आइतबारदेखि पञ्च दिवसीय महायज्ञ सुरु भएको छ । कोषले महाशिवरात्रिमा आउने करिब १० लाख दर्शनार्थी र तीन हजारभन्दा बढी साधुको व्यवस्थापन तयारी सुरु गरेको छ । यसमध्ये करिब २० प्रतिशत दर्शनार्थी भारतबाट आउने कोषले

जनाएको छ ।  

कोषका सदस्य सचिव सुशील नाहाटाले मलेसिया र इन्डोनेसियाबाट पनि केही दर्शनार्थी आउने बताए । यसपालि पर्यटन वर्षसमेत परेकाले पनि दर्शनार्थी बढ्ने कोषको अनुमान छ ।

महाशिवरात्रिमा गत वर्ष ६ लाख भक्तजन र मूल मन्दिरमा बसेका ३ सय उच्चकोटिका सहित २ हजार ३ सय साधु आएका थिए । कोषका अनुसार मित्रपार्क, उमाकुण्ड, भुवनेश्वरी र वनकालीबाट ६ पंक्तिको प्रबन्ध गरिएको छ ।

‘बाहिरबाट छ पंक्ति हुन्छ,’ नाहाटाले भने, ‘मन्दिरभित्रपट्ट िआठ पंक्तिमा विभाजित गरेर दर्शनको व्यवस्था मिलाइएको छ ।’

 सशुल्क दर्शन टिकटले पंक्तिमा लागेकालाई असर नपर्ने कोषले जनाएको छ । ‘सिफलमा सशुल्क टिकट किन्नेहरू भेला हुनेछन्, उनीहरूलाई त्यहाँबाट कोषको कार्यालयमा ल्याइपुर्‍याएपछि समूह बनाएर पालैपालो दर्शन गराउने हो,’ नाहाटाले भने । महाशिवरात्रिको बिहान १० बजेसम्म सशुल्क टिकट सबैको पहुँचका लागि चक्रपथको पाँच स्थलमा क्याम्प बनाएर बिक्री गरिने उनले जानकारी दिए ।

भक्तजनलाई हरेक वर्ष पर्ने असुविधालाई ध्यानमा राखेर यस वर्ष भोजन तथा आवासको प्रबन्धमा एकरूपता ल्याउने कोषले जनाएको छ ।

कोषले एउटै रंग, रूपको पण्डाल राखेर वनकालीमा भोजनको प्रबन्ध गरेको छ । तीर्थयात्री अवास तथा निःशुल्क भोजन उपसमितिका संयोजक सुनिलकुमार वंशलले गौशाला धर्मशालाभित्र आवास र तातो पानीको प्रबन्ध तथा तिलगंगामा ठूलो पण्डाल गाडेर चिया, भोजन र पानीको व्यवस्था गरिएको जानकारी दिए ।

आठ शौचालय र दुई अस्थायी शौचालयको निःशुल्क प्रबन्ध कोषले गरेको छ । कोषले महाशिवरात्रिमा आकस्मिक स्वास्थ्य सेवा पुर्‍याउन मन्दिरको मूल गेटमा तीन एमबीबीएस चिकित्सक र नर्ससहितको ६ बेडको अस्पताल सञ्चालन गर्दै छ ।

यसैबीच पशुपतिनाथ मन्दिरको पश्चिम ढोकाबाट आइतबार बिहान ‘पशुपतिनाथ दर्शन मार्ग, मांगलिक शोभायात्रा’ निकालिएको छ ।

त्रिशूल, बन्चरो, चिम्टा बोकेर शंख फुक्दै हिंडेका झन्डै ६ सय साधु त्यसमा सहभागी थिए ।

 शिवरात्रिको तीन दिनअघि करिब १ हजार ५ सय साधु आएका छन् । कोषका निर्देशक उप्रेतीका अनुसार राणाकालीन प्रचलनअनुरूप सोमबारदेखि गुठीले दाउरा र भोजन वितरण गर्दैछ ।

Posted By: Dambar Prasad Rimal                   Source :ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.