जुत्ता नहुदा अयोग्य ठहरिए: गोपाल किराती


पुर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री

२०४० कात्तिकदेखि म ट्रेकिङ मजदुरीमा हिडे । पहिलोपटक नै १९००० फिट उचाइमा रहेको थोरङ पास जानुपर्ने भयो । काठमाडौंबाट तनहुको डुम्रेसम्म बसमा गयौ । त्यहाबाट पैदल यात्रा सुरु हुन्थ्यो । तनहु पुगेपछि सरदारसंग पैसा मागे । पैसा थापेर नाम्लो किने । त्यसपछि पर्यटकको भारी बोकेर उकालो लागियो । साथमा मजस्ता आठ-नौजना भरिया थिए ।

लमजुङको भोटेओडार हुदै मर्स्याङ्दी नदी तरेर बाहुनडाडा छिचोलेपछि मनाङको चामे पुगियो । त्यतिवेलै कही नभएको हिउ पर्यो । मसंग जुत्ता थिएन । जुत्ता नभएकाले थोरङ पास गर्न सकिदैनथ्यो । जुत्ता किनु पैसाले नपुग्ने, नकिनु गन्तव्यसम्म कसरी पुग्ने ? जुत्ता नभएपछि सरदारले मलाई चामेबाटै फर्काए । अमिलो मन पार्दै नाम्लो बोकेर म काठमाडौ फर्किए ।

०००

कसोकसो गरी मैले जुत्ता किने । जुत्ता किन्दा संसार जितेजस्तो लाग्यो । मैले पर्यटकको भारी बोकेर एकपटक, स्पेयर ब्वाई -अतिरिक्त भरिया) भएर दुइपटक र नौ पटक सेर्पा गाइड गरी तीन वर्षा बाह्रपटक थोरङ पास गरे । दिनको ३० रुपैया पारिश्रमिक पाउने पर्यटक भरिया स्पेयर व्बाई हुदै सेर्पा गाइड भएपछि मलाई केही सहज भयो, आम्दानी र काम दुवै हिसाबले । भरियाले ३० किलोग्रामबराबरको भारी बोक्नुपर्ने नियम भए पनि सरदारले ५० केजी बढी तौलको भारी बोकाउथे । र पनि कसैले केही बोल्नै सक्दैनथे । सेर्पा गाइड भएपछि ५० केजी तौलको भारी बोकेर पर्यटकको पछि लाग्ने मेरो थाप्लोले पालो पायो । अब मैले पर्यटकलाई ‘दिस वे, उस वे’ भन्दै हिड्नुपर्थ्यो । पाल टाग्नु, उठाउनु त छदै छ । भरिया र स्पेयर ब्याईभन्दा ठूलो पद हो- सेर्पा गाइड । सेर्पा गाइडले अंग्रेजी भाषा जान्नैपर्छ । अंग्रेजी भाषा राम्रै भएकाले म छोटो समयमै सेर्पा गाइड भए । लाग्छ- अंग्रेजी भाषा राम्रै भएकाले नै त होला सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड ट्रेकिङ जादा मैले ‘द इनिसियल ट्रेकिङ इन नेपाल’ शीषककृत नाटक लेखेर स्थानीय भेला पारी प्रदर्शन गरेको थिए । सेर्पा गाइडले पर्यटकका लागि पकाइएको खानासमेत खान पाउछ । सेर्पा गाइडभन्दा माथि कुक र कुकभन्दा माथि सरदार हुन्छ । ०४४/४५ सालतिर सरदार हुनु भनेको प्रधानमन्त्री हुनुभन्दा गाह्रो मानिन्थ्यो ।

०००

मैले ट्रेकिङ मजदुर भएर नेपालको थुप्रै गाउ ठाउ घुमेको छु । मुस्ताङ पूर्वका गाउ ठाउ प्रायः घुमे । भरियाकै भेषमा नेपाली जनजीवन नजिकबाट नियाल्ने मौका मिल्यो । अन्नपूर्ण राउन्डमात्रै बाह्रपटक गरे । अन्नपूर्ण राउन्ड गर्दा पन्चासे, घान्द्रुक, लान्द्रुकतिर पर्यटक घुमाएको अनि ट्रेकिङ जादा आफै मादल बजाउदै रेशम फिरिरी गीत गाएर पर्यटकलाई मनोरञ्जन दिन गरेको प्रयास हिजैजस्तो लाग्छ ।

पर्यटकसंगै खाना खान पाउने भएपछि मैले एक पैसा पनि बाटोमा लिइन । सबै पैसा कार्यालयमै लिन्थे“ । बाटोमा पैसा लिनेले विसंगतितिर लागेर सिध्याउथे । मलाई त्यसो गर्ने छुट थिएन । भदौमै मकै सकिने, फागुनमै कोदोको खोलेसमेत खान नपाउने परिवारमा हुर्केको मैले आफ्नो पारिवारिक पृष्ठभूमि बिर्सन हुदैनथ्यो । चार माना मकै पिधेर दैनिक चार मुठीका दरले नाप्दै चारजनाको परिवारले आठ-दस दिन खानुपर्ने मेरो घरको बाध्यता थियो । त्यति गर्दा पनि केही नलागेपछि आमा र दिदीले जंगलबाट खोजिल्याउनुभएको गिठ्ठा-भ्याकुर पोलिखाई बाचेका थियौ । त्यसले पनि नपुगेपछि भकिम्लो र काभ्राको पात उसिनेर खोले बनाएर खाइबाचेको म विसंगतितिर कसरी लाग्थे ?

०००

ट्रेकिङ र एक्सपिडिसन फरक-फरक काम हुन् । ट्रेकिङ जादा ठाउ हेरिन्छ । एक्सपिडिसन भनेको आरोहण गर्न जाने हो । तर्सथ आरोहण गर्नलाई गम्भीर मानिन्छ । त्यसमाथि विन्टर एक्सपिडिसन (हिउदे आरोहण) ज्यादै गाह्रो काम हो । एक्सपिडिसन जादा हाइअल्टिच्युड (लेक) लाग्ने हुन्छ । त्यसबाट बच्न आवश्यक सामग्री भएन भने ठूलो समस्या आर्इपर्छ । बाटो तेर्सा भए पनि त्यतिवेला लेक लागेर हिड्नै सकिदैन । यस्ता थुप्रै समस्या बेहोर्नुपर्छ ट्रेकिङ जादा । हिउदे आरोहणमा मकालु (संखुवासभा) जादा यस्ता विकराल समस्या मैले पनि बेहोरेको छु । जीवनको पूरै तागत भएकाले नै होला त्यतिवेला खासै अप्ठ्यारो महसुस भएन ।

पोल्यान्डका पर्यटकसग ०४४ कात्तिक जादो मंसिर लाग्दो मकालु आरोहणमा निक्ल्यौ । पर्यटक असाध्य रुखो स्वभावका थिए । मजदुरलाई हेप्थे । त्यतिवेला मैले मेलव्बाई -चिट्ठी ओसारपसार) को काम पाएको थिए । म मेलव्बाई भए पनि अतिरिक्त पैसा कमाउने लोभमा थाप्लो कुच्चिने गरी भारी बोक्थे । मकालु आरोहणका क्रममा हामी बास बसेको ठाउदेखि मकालु हिमालको फेदीसम्म सामान पुर्याएबापत पाच सय र पहिलो क्याम्पसम्म पुर्याउनेलाई साढे सात सय पारिश्रमिक दिइन्थ्यो । आफ्नो दायित्वअनुसारको तलब छुट्टै थियो । घरको दुःख सम्झेर म काममा गधाझै जोतिएको थिए ।

०००

ट्रेकिङ जादा पर्याप्त सामान नहुदाको पीडा एकातिर, सरदार र पर्यटकबाट हेपिनुको पीडा अर्कोतिर थियो । त्यसमाथि पर्वतारोहण क्षेत्रमा त्यतिवेला सेर्पा जातिले गैरसेर्पालाई यसले काम गर्न सक्दैन भन्ने दम्भ थियो । अहिले के छ थाहा छैन । त्यो दम्भसंग गैरसेर्पा जातिले लड्नपर्थ्यो । तर्सथ गैरसेर्पा जातिले जोखिमभन्दा जोखिम काम गर्न तयार हुनुपर्थ्या । त्यसो गर्न सकिएन भने नैतिक संकटमा परिन्थ्यो । सम्बन्धित कामका लागि अयोग्य ठहरिन्थ्यो । यसरी थिचिनु किचिनुको पीडा खनिखोस्री साध्य छैन ।

मकालु आरोहण सकिएको थिएन । पुस अन्तिम र माघ लाग्दैतिर गु्रपलिडरले लेखेको चिट्ठी लिएर म एक्लै काठमाडौ र्फकें । र्फकंदा संखुवासभामा पर्ने मुबुक ओडारमा बास बसे“ । बेलुका कही नभएको हिउ पर्यो । बिहान उठ्दा हिउले ओडार बन्द थियो । ओडारबाट निक्लन खोजे सकिन । दुइ दिन दुइ रात ओडारमै सुतेर बिताए । दिसा-पिसाबसमेत ओडारभित्रै गरे । त्यतिवेला भोकभोकै हिडेको ती दिन सम्झदा आज पनि मन अमिलो हुन्छ ।

०००

ट्रेकिङ जादा टिप्स पाइन्थ्यो । टिप्स भनेपछि मरिहत्ते गर्नेहरू ट्रेकिङ जादा तीनसेट कपडा बोकेर हिड्थे । त्यसमध्ये एउटा पूरै फाटेको थोत्रो । त्यो लुगा लगाउदा मुस्किलले लाज ढाक्थ्यो । अर्को अर्धनो र तेस्रो राम्रैखालको लुगा हुन्थ्यो । यदि १५ दिनको ट्रेकिङ गएको हो भने उनीहरू सुरुका पाच दिन राम्रो कपडा लगाएर हिड्थे । बीचको पाच दिन अर्धनो र बाकी ११ देखि १५ दिन सबैभन्दा थोत्रो लुगा लगाउथे । यसको मतलब उनीहरूको आकांक्षा हुन्थ्यो- पर्यटकले आफ्नो दुःख देखोस् र राम्रा कपडा देओस् । मैले कहिल्यै त्यसो गरिन । बरु सिन्धुपाल्चोकको भैरवकुण्डबाट र्फकने क्रममा टिप्स लिन नमान्दा मलाई सरदारले हप्कीदप्की गरेका थिए । टिप्सका नाममा बाडिने थोत्रो कपडाप्रति मलाई त्यति मोह थिएन । ‘टिप्स लिए पनि नलिए पनि त“लाई कुहिरेको पुच्छरै भन्छन् क्यारे’ भन्दै मलाई सरदारले त्यतिवेला गाली गरेको आज पनि बिर्सेको छैन । त्यतिवेला मैले टिप्स नलिदा किन टिप्स नलिएको भनी सोध्नेलाई मैले भनेको थिए- मलाई यो थाङ्नामुङ्ना चाहिदैन । मेरो उत्तर सुनेपछि हामीसंग भैरवकुण्ड गएका पर्यटकमध्येका प्रश्नकर्ताले मलाई टिप्सस्वरूप पाच सय दिदा मलाई गाली गर्ने सरदारसमेत तीनछक परेका थिए ।

‘व्यक्ति धनी भएर समाज धनी हुदैन, समाज धनी भएमा व्यक्ति स्वतः धनी हुन्छ’ भन्ने मैले सिकेको पहिलो मार्क्सवाद थियो । मैले जानेबुझेको मार्क्सवादअनुसार मैले पाएको टिप्स आफै राखे भने म धनी हुन्छु भन्ने डर मान्दै आफूले टिप्सस्वरूप पाएको कपडा साथीहरूलाई बाड्थे ।

०००

ट्रेकिङ जाने क्रम जारी थियो । लाहुर जाने सपना देख्न छाडेको थिइन । गेटपास पाएर पोखरासम्म पुगेकै हु । सिम्मा उपन्यास पढेपछि लाहुर जाने मन मरेर आयो । त्यसपछि पढेर विद्वान् बन्ने लोभमा फसे । एक दिन निरञ्जनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डार असनबाट ६ हजार रुपैयामा एक रिक्सा किताब किने । किनेको किताब पढिसक्न ०४४ फागुनबाट ०४५ असारसम्म लाग्यो । मार्क्सवादी दर्शन पढ्न थालेपछि घरपरिवारमाथि बरोबर ध्यान दिने म आधाउधी निष्ठुर भइसकेको थिए“ । राजनीति बुझ्दै गएपछि (०४५ सालदेखि) ममा एकाएक परिवर्तन आयो । त्यहादेखि म राजनीतितिर लागे । बन्धकीमा परेको आमाको सुनको बुलाकी (बुलाकी मावली हजुरबुबाले आमालाई दिनुभएको थियो) धन कमाएर फर्काउछु भनी संकल्प गरेको थिए । ६-६ हजारमा किताब किने, तर आमाको बुलाकी निखन्न भ्यागुताको धार्नी कहिल्यै पुगेन मेरा लागि । गाउकै प्रधानपन्चको रिन बुझाउदा रित्तिएको गोठ रित्तिएको रित्तियै भयो । साइली दिदीले ल्याइदिनुभएको आठ सयको नेसनल पानासोनिक रेडियो अर्काकै घरमा घन्किरह्यो ।

प्रस्तुति – दीपेन्द्र राई
raideependra@gmail.com

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.