ओस्कारमा अभि-ऐश


portal on indian newsमुम्बई (एजेन्सी), फाल्गुन १६ – ‘पिप्ली लाइभ’ ओस्कार अवार्डमा ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’मा मनोनयनमा पर्न नसके पनि बलिउडका केही व्यक्तित्व समारोहमा उपस्थित हुँदै छन्, जसमध्ये बलिउडका सुपर-जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन पनि ओस्कारको रेड कार्पेटमा चम्किनेछन् । केही महिनाअघि यो जोडी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सँगै देखिँदा धेरै क्यामेराको आकर्षण बनेका थिए ।

केही समययता अमेरिकाको लस एन्जल्समा बिदा मनाइरहेका ‘गुरु’ स्टार अभिषेक र ऐश्वर्यालाई ओस्कारमा सहभागी हुन निमन्त्रणा आएको हो । अभिनेता ‘बिग बी’ अमिताभ बच्चनले छोरा-बुहारी ओस्कारको रेड कार्पेटमा देखिने समाचार आफ्नो ब्लगबाट व्यक्त गरेका हुन् । ‘आइतबार हुने ओस्कार अवार्डस्मा अभि-ऐश निमन्त्रित भएका छन्,’ अमिताभले खुसी व्यक्त गर्दै ब्लगमा लेखेका छन् । व्यक्तिगत ब्लगबाट फ्यानहरूसँग खुसीको समाचार बाँड्दै उनले अमेरिकी अभिनेता/निर्देशक वारेन बेटीसँग अभिषेकले ओस्कारमा लगाउने कपडा चुनेको समेत खुलाए ।

‘लस एन्जल्सको एक कपडा पसलमा अभिषेक र वारेनले ओस्कारमा लगाउने कपडा चुने,’ अमिताभले ब्लगमा थपेेका छन् । अभिषेक र ऐश्वर्याबाहेक संगीतकार एआर रहमान पनि ओस्कार अवार्डस् समारोहमा उपस्थित हुँदै छन् । दुई वर्षअघि ‘स्लमडग मिलिनियर्स’को म्युजिकबाट दुईवटा ओस्कार अवार्ड जितेका रहमान यसपटक पनि निर्देशक ड्यानी बोयलको ‘वानट्वेन्टीसेभेन आवर्स’का लागि दुइटा विधामा मनोनीत छन् । उनले ८३ औं ओस्कार अवार्डस्मा म्युजिकल प्रस्तुति दिँदै छन् । निर्देशक आशुतोष गोवारिकर पनि निमन्त्रित भएको स्रोतले बतायो ।

न्युजिल्यान्डमा ‘प्लेयर्स’को छायांकनमा व्यस्त नायक अभिषेक पूर्वविश्व सुन्दरी पत्नी ऐश्वर्यासँग समय बिताउन लस एन्जल्समा पुगेका हुन् । त्यही अवसरमा दुई जना ओस्कारमा सहभागी हुने मौका पाएका हुन् । यो जोडीको पछिल्लो फिल्म ‘रावण’ले बक्सअफिसमा राम्रो गर्न नसके पनि अभिनयका लागि प्रशंसा बटुलेको थियो ।

Posted by: Dambar Prasad Rimal                    Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.