Daily Archives: 27/02/2011

दिल्लीमा निगमको कार्यालय खाली गराइयो


महेश आचार्य                     

 फाल्गुन १५ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको यहाँस्थित क्षेत्रीय कार्यालय रहेको भवन ३६ वर्षपछि घर मालिकले अदालतको आदेश भन्दै बलजफ्ती खाली गराएका छन् । घर मालिकसँग सम्बन्धित व्यक्तिहरू शनिबार बिहानै जनपथस्थित निगम कार्यालय पुगेर सामानहरू बाहिर फालिदिएका थिए । लिज सम्झौता सकिए पनि ११ वर्षयता निगम अवैधानिक तरिकाले बसिरहेकाले आफूहरूले हटाएको उनीहरूले कान्तिपुरलाई बताए । पढ्नेक्रम जारी राख्नुहोस्