सुन ४० हजारमाथि


विवाहमा सुन किन्ने सोच बनाउनुभएको छ भने तपाईंले ढिला गर्नुभयो । दुई सातामा सुनको मूल्यमा उच्च वृद्धि भएपछि तपाईले सुन किन्न बजेट बढाउनुपर्ने भएको छ । फागुनको सुरुमा दुई महिनायताकै न्यून बिन्दुमा पुगेको सुन मूल्य यस साता ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ । ‘यस साताको अन्तमा स्थानीय बजारमा प्रतितोला सुनको मूल्य ४० हजार २ (दस ग्रामको ३४ हजार ४ सय ६५) रुपैयाँ पुगेको छ,’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, ‘केही साताअघिसम्म तोलामा ३८ हजार रुपैयाँको हाराहारीमा झरेको सुनको मूल्य फेरि उकालो लागेको हो ।’

संघका अनुसार साताको पहिलो दिनका तुलनामा अन्तिम दिन बहुमूल्य पहेंलो धातुको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो । स्थानीय बजारमा साताको पहिलो दिन आइतबार प्रतितोला सुन ३९ हजार ६ सय (दस ग्राममा ३३ हजार ९ सय ५०) रुपैयाँ कायम भएको थियो ।मध्यपूर्वमा आएको राजनीतिक समस्या र चीनले मुद्रास्फीति नियन्त्रण गर्न प्रयास गरेकाले सुन र चाँदीको मूल्य बढेको हो । यस साता चाँदीको मूल्यसमेत नयाँ बिन्दुमा पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार ३ सय ८८ अमेरिकी डलर रहेको थियो । शुक्रबार बढेर आउन्समा १ हजार ४ सय ६ डलर पुग्यो । अन्तर्राष्ट्रिय मूल्य पछ्याउँदै स्थानीय बजारमा साताको दोस्रो दिन सोमबार प्रति दसग्राम सुनको मूल्य ३४ हजार ३५ रुपैयाँ कायम भयो । मंगलबार बढेर ३४ हजार २ सय ३० पुगेको मूल्यमा बुधबार सामान्य गिरावट आई दस ग्राममा ३४ हजार १ सय ६५ रुपैयाँ पुग्यो । बिहीबार र शुक्रबार एउटै मूल्यमा किनवेच भयो ।स्थानीय बजारमा चाँदीको मूल्य यस साता नयाँ उचाइमा पुगेको छ । साताको सुरु दिन आइतवार प्रतितोला चाँदीको मूल्य ९ सय ५ (दस ग्राममा ७ सय ७६) रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला चाँदीको मूल्य ९ सय २४ रुपैयाँ कायम भयो ।’साताभर चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ,’ संघले भनेको छ । बिहीबार स्थानीय बजारमा चाँदीको मूल्य तोलामा ९ सय ३३ (दस ग्राममा ८ सय) रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।बजारमा चाँदीको मूल्य एक वर्षमा दोब्बरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा भएको उच्च वृद्धिले स्थानीय बजारमा मूल्य उकालो लागेको संघले जनाएको छ । अध्यक्ष शाक्यका अनुसार अघिल्लो वर्ष यसै अवधिमा प्रतितोला चाँदीको मूल्य ५ सय रुपैयाँको हाराहारीमा थियो ।यसरी बढेको मूल्यको कारण स्थानीय बजारमा सुन र चाँदी दुवैको माग हुनुपर्नेभन्दा कम भएको संघले जनाएको छ । ‘विवाहको सिजनमा चाँदीको माग अरू बेलाभन्दा दोब्बर र सुनको माग डेढ गुणाले बढ्नुपर्ने थियो,’ शाक्यले भने ।

Posted By :Dambar Prasad Rimal                    Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.