पाकिस्तानको दोस्रो जित


कान्तिपुर संवाददाता                     
 कोलम्बो (रोयटर्स), फाल्गुन १५ – कप्तान साहिद अफ्रिदीको उत्कृष्ट बलिङसँगै  पाकिस्तानले विश्वकप क्रिकेटमा शनिबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ को खेलमा उसले आयोजकमध्येको एक श्रीलंकामाथि ११ रनको रोमाञ्चक जित हात पार्‍यो । पाकिस्तानले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको श्रीलंका घरेलु भूमिमा नौ विकेट क्षतिमा २ सय ६६ रनमा समेटियो ।

पाकिस्तानको जितका लागि ‘म्यान अफ द म्याच’ साहिद अप्रिदीले उत्कृष्ट बलिङ गरे । केन्याविरुद्ध पाँच विकेट लिएका उनले ३४ रन खर्चेर श्रीलंकाका चार ब्याट्सम्यानलाई पेभेलियन फर्काए । त्यस्तै, शोएब अख्तरले दुई विकेट लिए । पाकिस्तानी स्पिनरसामु श्रीलंकाली खेलाडी खुल्न सकेनन् । नौमध्ये छ विकेट स्पिनरको पोल्टामा गयो ।

श्रीलंकाका उपुल थारङ्गा र तिलकरत्ने दिलसानले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । थारङ्गाले ३३ र दिलसानले ४१ रन बनाए । तेस्रो विकेटका रूपमा आएका कप्तान कुमार संगकरा अर्द्धशतक बनाउनबाट एक रनले चुके । उसका चमेरा सिल्भाले सर्वाधिक ५७ रन जोडेका थिए ।

यसअघि मिसवाह उल-हकको नटआउट ८३ तथा अनुभवी युनुस खानको ७२ रन मदतले पाकिस्तानले विश्वकप क्रिकेटको १० औं खेलको पहिलो इनिङमा २ सय ७७ रन बनाएको थियो ।पाकिस्तानका लागि मिसवाहले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे । उनले लगातार दोस्रो खेलमा अर्द्धशतक प्रहार गरे । उनले केन्याविरुद्धको पहिलो खेलमा पनि अर्द्धशतक प्रहार गरेका थिए । मिसवाहले ९१ बलमा ६ चौकासाथ ८३ रन बनाएका थिए । त्यस्तै, युनुसले पनि विश्वकपमा सर्वश्रेष्ठ प्रदर्शन गर्दै ७६ बलमा ७२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान अहमद सहजाद १३ रनमा  थिसरा परेराको बलमा विकेटकिपर कुमार संगकराको हातबाट समातिए । टिमको रन २८ हुँदा पहिलो विकेट गुमाएको पाकिस्तानका मोहम्मद हाफिज र कमरान अकमलले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै स्कोर अघि बढाए । हाफिज ३२ रन जोड्दा रनआउट भए । उनले ३१ बलमा चार चौका तथा एक छक्का प्रहार गरे । कमरान अकमल ४८ बलमा ३९ रन जोड्दा रंगना हेराथको बलमा स्टम्पिङ भए ।

तेस्रो विकेट गुमेपछि युनुस र मिसवाहले चौथो विकेटका लागि १ सय ८ रनको साझेदारी गर्दै टिमको स्कोर २ सय कटाएका थिए । यसबीच दुवै खेलाडीले अर्द्धशतक प्रहार गरेका थिए । युनुस हेराथको बलमा जयबर्द्धनेको हातबाट समातिए । उनले करियरको ४० औं तथा विश्वकपको दोस्रो अर्द्धशतक पूरा गरे । उमर अकमल १० रन जोड्दा मुथैया मुरलिधरकनको सिकार बने भने कप्तान साहिद अफ्रिदीले १६ रनमात्र जोडे ।

Posted by: Shiva Paudel

Source: Kantipuronline
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.