डिजल अभावमा नेपालको एकमात्र रेल सेवा बन्द


 जनकपुर, फाल्गुन १५ – डिजल अभावमा मुलुकको एकमात्र रेल सेवा आईतवारदेखि बन्द भएको छ । सेवा अवरुद्ध भएका कारण मध्य तथा पूर्वी धनुषावासी मर्कामा परेका छन् ।दुई साता यता रेल सेवा दोश्रो पटक बन्द भएको हो । चार महिनादेखि तलव भत्ता नपाएका रेलकर्मीहरु फागुन पहिलो साता चार दिन रेल सेवा अवरुद्ध बनाएका थिए भन्ने अहिले डिजल आभावमा रेल सेवा बन्द भएको हो ।

रेलको दैनिक आम्दानी बैंकमा जम्मा हुने गरे पनि चेक काट्ने आधिकारिक व्यक्ति नभएको कारण डिजल आभाव भएको छ । महाप्रवन्धक संजीव कुमार मल्लिक काजमा छन् । निमित्त महाप्रवन्धक तथा लेखाअधिकृत रामेश्वर यादव पनि विरामी विदामा छन् । रेलकर्मी नन्दकुमार रायका अनुसार -विभिन्न आयल स्टोर्सबाट उधारोमा लिईएको डिजलको झण्डै दश लाख भुक्तानी दिन बाँकी छ । पछिल्लो पटक बजरंग आयलबाट लिएको डिजल वापतको १ लाख ३० हजार पनि उधारो छ । अब कुनै आयल स्टोर्सले उधारो दिन नमानेको कारण रेल सेवा बन्द गर्नु परेको उनले बताए ।

एक रेल कर्मचारीका अनुसार-विहेवारीको महिना भएकाले अहिले रेलमा यात्रीको उल्लेख्य चाप छ । दैनिक ९० हजारसम्म आम्दानी हुन्छ । तर आम्दानी  बैंकमा जम्मा हुने र चेक काट्ने आधिकारिक व्यक्ति छैन । श्रोतका अनुसार-रेल्वेको खातामा अहिले पनि आठ लाख जम्मा छ । 

सूचना समेत टाँस नगरी सेवा अवरुद्ध गरिएको कारण आम जनता आक्रोशित बनेका छन् । आईतवार विहान रेल यात्रा गर्न आएका यात्रीहरु स्टेशन पुगेपछि मात्र सेवा अवरुद्ध रहेको जानकारी पाएका थिए -‘कुनै कारणले सेवा बन्द गर्नु पर्दा अगि्रम सूचना दिनु पर्छ । रेलका स्टोर शाखा प्रमुख कृष्णकुमार झाले सूचना प्रकाशित गर्ने आधिकारिक व्यक्ति नरहेकाले सूचना प्रकाशित नगरिएको बताए । प्राप्त जानकारी अनुसार-छ महिना अघि राजनितीक नियुक्ति लिएर आएका महाप्रवन्धक संजीवकुमार मल्लिक मुस्किलले एक महिना पनि यहाँ बसेका छैनन् । काठमाण्डौ जाने नाममा कार्यालयबाट टिए डिए पेश्की लिएर उनी रौतहट बस्ने गरेको सम्बद्ध कर्मचारीहरुको आरोप छ ।

पूर्व श्रम तथा यातायात मन्त्री अफताव आलमको विश्वासपात्र महाप्रवन्धक मल्लिक मंसिर २४गते १ लाख २० हजार टिए डिए लिएका थिए । प्राप्त जानकारी अनुसार उनी आफ्नो गृह जिल्ला रौतहटमा बसेर टिए डिए खर्च गर्ने गरेका छन् । यस विषयमा प्रतिकृया लिन महाप्रवन्धक मल्लिकसंग पटक पटक फोन सम्पर्क गर्न खोज्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् ।

Posted by: Dambar Prasad Rimal                                    Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.