सञ्चार यात्रा नेपालले गिनिज बुकमा नाम लेखाउन सफल सप्तरीका महबुब आलमलाई आज सम्मानित गरेको छ । संस्थाद्वारा राजविराजमा आयोजित सम्मान समारोहमा यसै साता मात्र गिनिज बुकमा नाम लेखाउन सफल क्रिकेट खेलाडी आलमलाई प्रशंसा पत्र र उपहारसहित दोसल्ला ओढाई सम्मान गरियो ।
नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी आलमले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाईभ अन्तर्गत मोजाम्बिक बिरुद्धको खेलमा सबै १० विकेट लिएर विश्व किर्तिमान कायम गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/02/2011
नेपाली क्रिकेटर मेहबुव आलम गिनिज बुकमा
Posted in खेलकूद
फाईदा हैन बेफाईदा…!!
भीमराज पाराङ, कुवेत
फाईदा हैन बेफाईदा छ, जानी-जानी पिउछन् मान्छे
सुख दु:ख जे परेनी आनन्द मानी पिउछन् मान्छे
एक गिलास् दुई गिलास्, दिन दिनै बढ्छ गिलास
बोतल देखि खनाएर स्वाट्ठ तानी पिउछन् मान्छे पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
राष्ट्रपति यादव विशेष विमानबाट स्वदेश फिर्ता
१५ फागुन, काठमाडौं । कुवेतको तीनदिने राजकिय भ्रमण पुरमा गरी राष्ट्रपति डा. रामवरण यादव आइतबार स्वदेश र्फकनु भएको छ ।
यादवलाई अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति परामनन्द झा, प्रधानमन्त्री झलनाथ खनाल लगायतले स्वागत गर्नुभयो । राष्ट्रपति यादवका लागि कुवेत सरकारले विशेष विमानको व्यवस्था गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सुन ४० हजारमाथि
विवाहमा सुन किन्ने सोच बनाउनुभएको छ भने तपाईंले ढिला गर्नुभयो । दुई सातामा सुनको मूल्यमा उच्च वृद्धि भएपछि तपाईले सुन किन्न बजेट बढाउनुपर्ने भएको छ । फागुनको सुरुमा दुई महिनायताकै न्यून बिन्दुमा पुगेको सुन मूल्य यस साता ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
डिजल अभावमा नेपालको एकमात्र रेल सेवा बन्द
जनकपुर, फाल्गुन १५ – डिजल अभावमा मुलुकको एकमात्र रेल सेवा आईतवारदेखि बन्द भएको छ । सेवा अवरुद्ध भएका कारण मध्य तथा पूर्वी धनुषावासी मर्कामा परेका छन् ।दुई साता यता रेल सेवा दोश्रो पटक बन्द भएको हो । चार महिनादेखि तलव भत्ता नपाएका रेलकर्मीहरु फागुन पहिलो साता चार दिन रेल सेवा अवरुद्ध बनाएका थिए भन्ने अहिले डिजल आभावमा रेल सेवा बन्द भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रधानमन्त्री बेइमानीः कोइराला
फाल्गुन १५ – कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले सातबुँदे सहमति खारेज भएमा मात्र आफ्नो दल सरकारमा जाने विषयमा सोच्न बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार