SDFC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न(फोटो फिचरसहित)


जय आले, कुवेत

२६ फेब्रुअरी । काउन्सिल अफ मिनिस्ट्री कुवेतको सेक्युरिटी डिसिजन फलो-अप कमिटी (S.D.F.C) द्वारा आयोजित खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिता हिजो २५ फेब्रुअरी २०११ शुक्रबारको दिन, कुवेतको जिलिव अल-सुवैखस्थित SDFC क्याम्पको भलिबल मैदानमा सफलताका साथ  सम्पन्न भएको छ । 

कुवेतको २०औं राष्ट्रिय स्वतन्त्रता दिवसको सु-अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा कुवेतस्थित १२ नेपाली भलिवल टिमहरुले सहभागीता जनाएका थिए । जसमा ‘A’ पोलबाट कालीगण्डकी, डि.एक्स.एन, प्रेस नेपाल, नव-प्रतिभा-ए, SDFC-बि र के.पि.टि.सी रहेका थिए भनें ‘B’ पोलबाट SDFC-ए, नयाँ नेपाल, खराफी नेशनल, क्रेज नेपाल, नव-प्रतिभा-बि र मेनपावर एशोसियसन रहेका थिए ।

नकआउटको आधारमा खेलाईएको उक्त भलिवल प्रतियोगितामा आफ्ना निकटम प्रतिश्पर्धीलाई पराजित गर्दै SDFC-ए, नव-प्रतिभा-ए, SDFC-बि र नव-प्रतिभा-बि सेमिफाइनल चरणमा प्रवेश गरेका थिए । यसैगरी सेमिफाईनलमा SDFC-ए’ले नव-प्रतिभा-बि’लाई र नव-प्रतिभा-ए’ले SDFC-बि’लाई पराजित गर्दै फाईनल चरणको यात्रा तय गरे । बेस्ट अफ फाईभ’मा खेलाईएको फाईनल खेल नव-प्रतिभा-ए र SDFC-ए’बिच निकै प्रतिश्पर्धात्मक शैलिमा भए पनी जित भनें ३-० स्कोरको आधारमा SDFC-ए’कै पोल्टामा पर्‍यो भनें नव-प्रतिभा-बि’ले उपबिजेताको उपाधी हाँसिल गर्‍यो । यसैगरी उत्कृष्ट खेलाडीको उपाधी बिजेता टिम SDFC-ए’कै  खेलाडी ओम बहादुर गुरुङ्गले हात पार्नु भएको छ ।

आयोजक समितिले प्रतियोगिता अवधीभर निकै अनुशासित ढंगमा खेलको नियमलाई पालना गर्दै सम्पन्न गरेको प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमहरुलाई SDFC कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्गमार्फत ट्रफी, खसी, मेडल र कदरपत्र दिई सम्मान गरिएको थियो ।

प्रतियोगिता संयोजक एवं लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरीज्यूले सञ्चालन गर्नु भएको प्रतियोगिता समारोहमा क्याप्टेन श्री कुल प्रसाद गुरुङ्गज्यूको सभापतित्व रहेको थियो भनें स्वागत मन्तब्य पनि क्याप्टेन श्री गुरुङ्गज्यूले नै दिनु भएको थियो । कुवेतमा कृयाशिल रहेका अधिकांश नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिती नरहेको उक्त भलिवल प्रतियोगितामा नेपालकुवेत मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, नयाँ नेपाल क्लवका अध्यक्ष दिल बहादुर पुन, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुवँर, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, क्रेजनेपाल ग्रुपका अध्यक्ष नविन बराल र कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेको आतिथ्यता रहेको रहेको थियो ।

भलिवल प्रतियोगिताका प्रमुख झलकहरु:

Advertisements

One response to “SDFC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न(फोटो फिचरसहित)

  1. jay ale jyu thank you very much for this article. wow all looks as army camp

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.