‘माओवादीको पालोमा गृह, रक्षा र अर्थ मन्त्रालय दिनेगरी सहमति’


काठमाडौ, फागुन १४ (नागरिक) -उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले माओवादीले सरकारको नेतृत्व गर्ने पालोमा अर्थ, गृह र रक्षा मन्त्रालय माओवादीलाई नै दिने गरी प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भएको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी शाखाले आज आयोजना गरेको साक्षात्कारमा बौल्दै अधिकारीले आज विहान प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भएको वार्तामा त्यस्तो सहमति भएको जानकारी दिए ।

साक्षात्कारमा उनले भनेन– अहिले एमालेले सरकारको नेतृत्व गरेको बेला यी तीन मन्त्रालय एमालेले नै राख्ने र माओवादीले नेतृत्व गर्ने बेलामा माओवादीले नै यी तीन मन्त्रालय राख्ने गरी सहमति भएको छ । उनले यो सहमतिपछि दुई दलबीच पछिल्लो समयमा सरकारलाई पूर्णता दिने विषयमा रहेको विवादको अन्त्य भएको दावी गर्दै चार दिनभित्रमा माओवादीसहितको सरकारले पूर्णता पाउने जानकारी दिए ।

उनले वर्तमान सरकार शान्ति र संविधानको सुनिश्चितताका लागि गठन भएको भन्दै सरकारले त्यसका लागि आवश्यक राष्ट्रिय सहमति कायम गरेर कांग्रेससहित मधेसवादी दलहरुलाई पनि छिट्टै सरकारमा ल्याउने दावी गरे ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.