नेपाली महिला क्रिकेट टोलीलाई कुवेत बिमानस्थलमा स-सम्मान बिदाई(फोटो फिचरसहित)


जय आले, कुवेत

एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११ कुवेतमा सहभागीता जनाई नेपाल फर्कने क्रममा नेपाली महिला क्रिकेट टोलीलाई कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरुले कुवेत बिमानस्थलमा आज दोसल्ला ओढाई बिदाइ गरेका छन । 

खेलाडिहरुको कुवेत आगमनको क्रममा बिमानस्थल पुगी बिभिन्न नेपाली सँघ-संस्थाहरुले भव्यरुपमा स्वागत गरे जस्तै बिदाइ पनि भव्यरुपमै गरेका छन । च्याम्पियनसिप जितेर हर्सोल्लासकासाथ नेपाल फर्कने सपना लिएर कुवेत भित्रिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आखिर चौंथो स्थानमै चित्त बुझाउँदै नेपाल फर्कन विवश भएको छ ।

उक्त अवसरमा संक्षिप्त प्रतिकृया दिंदै टिम क्याप्टेन नेरी थापाले नेपाली सँघ-संस्थाहरुले कुवेतमा खेलाडिलाई गरेको स्वागत र माया-ममता सदैव आफुहरुले सम्झिरहने र यसपालिको हारबाट आफुहरुले धरै कुरा सिकिएको र आगामी खेलहरुमा राम्रो प्रदर्शन गरी पुन नेपाली क्रिकेट जगतमा खुशी भर्ने प्रतिबद्दता जाहेर गरिन ।

बिमानस्थलमा जाने सँघ-संस्थाहरुमा NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल(स-परिवार सहित), क्लवका उपाध्यक्ष श्रीमान/श्रीमती धर्मराज गिरी, साहित्यकार एवं क्लवका प्रमुख संरक्षक बाल कुमार गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष दिन बहादुर पुन, नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी, मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका उपाध्यक्ष लाल बहादुर योञ्जन, लाली गुराँसका साँस्कृतिक परिवारका सदस्य दिपक लिम्बु र तमू समाज कुवेतकी सदस्य सुष्मा गुरुङ्ग हुनु हुन्थ्यो ।

बिदाईका केही झलकहरु:

Advertisements

2 responses to “नेपाली महिला क्रिकेट टोलीलाई कुवेत बिमानस्थलमा स-सम्मान बिदाई(फोटो फिचरसहित)

  1. mahila kheladi ko pa6i lagdai wow nepali in kuwait

  2. deal all you have done good job

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.