अलघानिम सेक्युरिटी ग्रुपद्वारा महिला क्रिकेट टोलीलाई रात्री भोजका साथ मायाको चिनो दिई सम्मान(फोटो फिचरसहित)


जय आले, कुवेत

२५ फेब्रुअरी । “एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११” मा सहभागीताको निम्ती कुवेत आएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई अल्घानिम उधोग (इन्डस्ट्रिज) कुवेतको सेक्युरिटी ग्रुपले २४ फेब्रुअरी २०११ का दिन, कुवेतको हावालीस्थित मुगल महल रेष्टुरेण्टमा एक रात्री भोजको आयोजना गरी मायाको चिनो सहित सम्मान गरेको छ ।

अल्घानिम सेक्युरिटी ग्रुपको ’boutमा छोटो चर्चा:
विश्वका १२० राष्ट्रहरुमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा आफ्नो ब्यबसायिक सम्पर्क, ४० राष्ट्रमा आफ्नो शाखा वा कार्यालय, बिश्वब्यापी ख्याती प्राप्त ३० ब्राण्डका ३०० भन्दा बढी सर-सामान प्रडक्ट, ६४ देशका १२००० भन्दा बढी नागरिक कर्मचारीको रूपमा कार्यरत, करिब ७५ बर्ष पुरानो संस्था नै अलघानिम उधोग (इन्डस्ट्रिज) भएको सोर्सले जनाएको छ ।  यसैगरी “अलघानिम सेक्युरिटी ग्रुप” ९० को दशकमा यसै अलघानिम उधोग (इन्डस्ट्रिज) अन्तर्गत भूतपूर्व ब्रिटिश तथा इण्डियन गोर्खाली पल्टनहरुको समुह मिली स्थापना गरेको एक बिभाग हो । जसले एक सुरक्षित एवं खुल्ला वातावरण प्रदान गर्दै व्यक्तिगत स्वतन्त्रताको संरक्षणमा समेत सञ्चालित रहँदै आएको छ । आज बिभिन्न तह र तप्काका नेपाली तथा गैर-नेपालीहरुको स्यावासी तथा प्रोत्साहन बटुल्न सफल भएको यस ग्रुपले सन् २००९ मा ग्रुपमा कार्यरत रहेका १७ नेपाली सुरक्षा कर्मचारीहरुलाई “एक्चिवमेंट अवार्ड २००९” ले सम्मान समेत गरेको इतिहास छ । यसका अतिरिक्त यस ग्रुपले सन् २००२ मा एक सेक्युरिटी गार्डमा भर्ना भई रोजगारिको सिलसिलामा कुवेत आउनु भएका श्री नेत्र बहादुर लिम्बुलाई सन् २००६ देखी ग्रुपको अप्रेसन अफिसर र हाल उक्त पदबाट बढुवा गराई म्यानेजरको पदभार जिम्मा लगाएको छ । अल्घानिम सेक्युरिटी ग्रुपको इतिहासमा कुनै एउटा नेपालीले कुनै एउटा बिभागको म्यानेजर पद पाएको यो पहिलो हो ।

महिला टिमले सेमिफाईनलमा हङकङसँग ९ विकेटले हारको सामना गर्नु परे पनि असफलता नै सफलताको प्रतिक हो तपाईंहरुको अझै धेरै खेलेर राष्ट्रको नाम उच्च स्थानमा पुर्याउने तपाईंहरुसँग समय/उमेर बाँकी नै छ । आजको यस हारबाट निराश नहुनुहोस् भन्दै ग्रुपका एड्मिन अफिसर आस बहादुर लोप्चन(धन) ले आश्वासन दिई सकेपश्चात ग्रुपकै एड्मिन कलर्क जितेन तामाङ्गले कार्यक्रमलाई निरन्तरता दिनुभएको थियो । यसै क्रममा ग्रुप म्यानेजर नेत्र बहादुर लिम्बुले हाम्रा राष्ट्रिय खेलाडिहरुलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले विमानस्थलमा व्यानरसहित स्वागत गर्ने देखी लिएर अन्य व्यवस्थापनमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको र नेपाली समाज कुवेतको लागि खेलकुद देखी लिएर अन्य सामाजिक क्षेत्रमा पनि क्लवले दिएको योगदान नितान्त सह्रानीय रहेको कुरा उल्लेख गर्नु भयो । यसका साथै, श्री लिम्बुले अलघानिम इन्डस्ट्रिजको ’boutमा थप प्रकाश पार्दै, कारणवश यस समारोहमा चाहेर पनि इन्डस्ट्रिजका विशिष्ट व्यक्तित्वहरु सहभागी हुन नसकेको तर निकट भविष्यमा एक सिनियर डेलिगेशन नेपाल भ्रमणमा जाने कुराको अग्रिम जानकारी गराउनु भयो ।

अलघानिम इन्डस्ट्रिज कुवेतको सेक्युरिटी ग्रुपले खेलाडीलाई आयोजना गरेको रात्री भोजमा कुवेतस्थित बिभिन्न सँघ-सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जसमा नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव पुष्पराज भट्टराई(स-परिवार सहित), दूतावास सहचारी भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल(परिवार सहित), साहित्यकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका संरक्षक बाल कुमार गुरुङ्ग, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी र नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल लगायत हुनुहुन्थ्यो ।

यसैगरी आयोजक अलघानिम सेक्युरिटी ग्रुपबाट म्यानेजर नेत्र बहादुर लिम्बु, एड्मिन अफिसर आस बहादुर लोप्चन(धन), एड्मिन कलर्क जितेन तामाङ्ग र सुपरभाईजरहरुमा कुमार श्रेष्ठ, केश बहादुर गुरुङ्ग, राजेन्द्र बराल, गंगा लाल राई र हर्क मान राई हुनु हुन्थ्यो ।

परिचयात्मक कार्यक्रमबाट शुरु गरिएको रात्री भोजमा नेपाली महिला क्रिकेट टोलीको तर्फबाट टिम म्यानेजर सिर्जना आचार्य, क्याप्टेन नेरी थापा र विकेट किपर ममता मगरले कुवेतवासी नेपालीहरुबाट आफुहरुले पाई रहेको सम्मानको बावजुद पनि सेमिफाईनलमा हारको सामना गर्नु परेकोले आफुहरुले आगामी दिनहरुमा सुधारेर खेल्ने प्रतिवद्दता जाहेर गर्नु भएको थियो ।

रात्री भोजका प्रमुख झलकहरु:

Advertisements

4 responses to “अलघानिम सेक्युरिटी ग्रुपद्वारा महिला क्रिकेट टोलीलाई रात्री भोजका साथ मायाको चिनो दिई सम्मान(फोटो फिचरसहित)

  1. Al-Ghanim Companykaa sathiharu baata kheladi haruko manobal badhauna ko laagi saraniya kaam garnu bhayakoma dhaneyabaad

  2. well done Al-Ghanim Group

  3. well done alghanim group keep it up

  4. dear sir

    pls give me al Ghanin security address

    kedar
    crowne plaza
    kuwait
    security

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.