Daily Archives: 26/02/2011

महिलाले बलात्कार गर्दैनन्


पुरुषद्वारा धेरै महिला बलात्कृत हुँदै आएका छन् । कानुनले त्यसलाई अपराधको कोटिमा राखेर कडा सजायको व्यवस्था पनि गरेको छ, फलस्वरूप सयौं पुरुषले वर्षौंदेखि जेलसजाय भोगिरहेका छन् । त्यसैले बलात्कार भन्ने बित्तिकै पुरुषद्वारा महिलामाथि हुने यौनजन्य हिंसा भन्ने  मात्र बुझिन्छ ।

कानुनको यो परिभाषाप्रति असहमति व्यक्त गर्दै दोलखाका कानुन व्यवसायी श्यामकृष्ण मास्केले दुई वर्षअघि सर्वोच्चमा मुद्दा  दायर गरेका थिए । मास्केको जिकिर थियो, ‘बलात्कार पुरुषले मात्र होइन, महिलाले पनि गर्न सक्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आँशीले रेटेर श्रीमतीको हत्या


कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन १४ । साटाखानी गाउँ विकास समिति–७ का इन्द्रबहादुर रानाले शुक्रबार राति श्रीमतीको हत्या गरेका छन्। खाना पकाउने विषयमा विवाद भएपछि रानाले ३६ वर्षीया श्रीमती भिमाको आँशीले रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका एसपी राजु मानन्धरका अनुसार राना प्रहरी नियन्त्रणमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘माओवादीको पालोमा गृह, रक्षा र अर्थ मन्त्रालय दिनेगरी सहमति’


काठमाडौ, फागुन १४ (नागरिक) -उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले माओवादीले सरकारको नेतृत्व गर्ने पालोमा अर्थ, गृह र रक्षा मन्त्रालय माओवादीलाई नै दिने गरी प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भएको खुलासा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एक्लै हुँदा…!!


ईन्द्र प्रसाद भूषाल
सचिव – MESC, कुवेत

१) धोकेवाज मायालुलाई !!

भन्दिनं म मनको व्याथा सुनेपछी हाँस्नेलाई
एउटा माया हुँदा-हुँदै अन्तै साईनो गाँस्नेलाई
सधैंभरी हाँस्नु तिमी मैले आँशु पिए पनी
धोका कहिल्यै नखानु है तिमीले धोका दिए पनी !! पढ्नेक्रम जारी राख्नुहोस्

SDFC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न(फोटो फिचरसहित)


जय आले, कुवेत

२६ फेब्रुअरी । काउन्सिल अफ मिनिस्ट्री कुवेतको सेक्युरिटी डिसिजन फलो-अप कमिटी (S.D.F.C) द्वारा आयोजित खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिता हिजो २५ फेब्रुअरी २०११ शुक्रबारको दिन, कुवेतको जिलिव अल-सुवैखस्थित SDFC क्याम्पको भलिबल मैदानमा सफलताका साथ  सम्पन्न भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली महिला क्रिकेट टोलीलाई कुवेत बिमानस्थलमा स-सम्मान बिदाई(फोटो फिचरसहित)


जय आले, कुवेत

एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११ कुवेतमा सहभागीता जनाई नेपाल फर्कने क्रममा नेपाली महिला क्रिकेट टोलीलाई कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरुले कुवेत बिमानस्थलमा आज दोसल्ला ओढाई बिदाइ गरेका छन ।  पढ्नेक्रम जारी राख्नुहोस्

अलघानिम सेक्युरिटी ग्रुपद्वारा महिला क्रिकेट टोलीलाई रात्री भोजका साथ मायाको चिनो दिई सम्मान(फोटो फिचरसहित)


जय आले, कुवेत

२५ फेब्रुअरी । “एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११” मा सहभागीताको निम्ती कुवेत आएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई अल्घानिम उधोग (इन्डस्ट्रिज) कुवेतको सेक्युरिटी ग्रुपले २४ फेब्रुअरी २०११ का दिन, कुवेतको हावालीस्थित मुगल महल रेष्टुरेण्टमा एक रात्री भोजको आयोजना गरी मायाको चिनो सहित सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्