Daily Archives: 24/02/2011

इन्डियन आइडल प्रशान्त विवाह बन्धनमा बाधिए


altकाठमाडौँ । इन्डियन आइडल बनेर निकै चर्चा बटुलेका प्रशान्त तामाङ विवाह बन्धनमा बाधिएका छन् । उनले भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग नेपाली परम्पराअनुसार नायथु रिसोर्टमा धुमधामसँग विवाह गरेका हुन् ।

इन्डियन आइडल भएपछि विदेशमा त्यति धेरै चर्चा कमाउन नसकेको भएपनि नेपालमा भने उनले धेरै नै चर्चा कमाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हङकङ ९ विकेटले नेपाल माथि बिजयी


जय आले, कुवेत

एसिसी महिला क्रिकेट टि-ट्वान्टी च्याम्पियनसिप जित्ने नेपालको सपना चकनाचुर भएको छ । समुह चरणका सबै खेलहरुमा अपराजित यात्राको तय गर्दै ८ अंक जम्मा गरी समुह बिजेता नै बन्न सफल नेपाली टिमले आज भएको सेमिफाइनल खेलमा भनें अपेक्षित खेल प्रदर्शन गर्न नसकेको दर्शक दिर्घाबाट गुनासो आएको देखियो । आजको सेमीफाइनल खेलमा नेपालले पुरै ओभरमा २ विकेट गुमाउँदै हङकङलाई मात्र ९७ रनको लक्ष दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

ACC Women’s T-20 Championship 2011, Semi Final – Live Update!!!


* हङ्कङले टस जितेर फिडिङ रोज्यो, खेल शुरु, नेपाल ब्याटिङ गर्दै,

*नेपालको पारी सकियो, नेपालले पुरै ओभरमा २ विकेट गुमाई हङ्कङलाई ९७ रनको लक्ष दिएको थियो त्यसको जवाफमा हङकङले १६ अोभरमै पुरा गर्यो ।


नेपाल                                        हङकङ

रन     :96                                      रन      :97
ओभर :20                                    ओभर  :16
विकेट :2                                     विकेट :1

* लाईव अपडेट : धर्मराज गिरी, राजु गुरुङ र नारायण नेपाल  –  हुबरा क्रिकेट मैदान, अहमादीबाट

* ताजा स्कोर हेर्नको लागी आफ्नो कम्प्युटर रिफ्रेश गर्नु होला, धन्यवाद !!

आज सेमी फाईनल, नेपाल हङकङसँग भिडने


एसिसी महिला क्रिकेट ट्वान्टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज हङकङसँग खेल्ने भएको छ। हिजो भएको समूह ‘ए’ को प्रतिस्पर्धामा चीनले सिंगापुरलाई पराजित गरेपछि नेपालले हङकङ सँग खेल्ने पक्का भएको हो। खेल अहमादी स्थित हुबरा क्रिकेट मैदानमा दिनको एक बजे बाट शुरु हुनेछ। www.kuwaitnepal.com ले सदा झै खेल मैदानबाट सोझै लाइव अपडेट गर्ने भएकोले हेर्न नभुल्नु होला।

posted by: Raju Gurung

एमाले-माओवादी तनाब / सातबुँदेको आफूखुसी व्याख्या नगरः माओवादी / अब सरकार विस्तारतिर लागौं


नेस (काठमाडौं), नेकपा एमाले ले सातबुँदे सहमतिलाई आफूखुसी व्याख्या गरेकोमा सत्तासहयोगी दल एकीकृत नेकपा माओवादी ले असन्तुष्टि व्यक्त गरेको छ। एमाले केन्द्रीय समितिले आफूअनुकूल व्याख्या गर्दै सातबुँदे सहमतिलाई अनुमोदन गरेको भोलिपल्ट बुधबार बसेको दुई दलको बैठकमा माओवादीले एमाले व्याख्या अस्पष्ट र आफूखुसी भएको भन्दै प्रस्ट पार्न माग गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्