मगर दिवसको अवसरमा मगर संघ कतारले ‘साँस्कृतिक साँझ’ आयोजना गर्ने


देव बहादुर राना, दोहा कतार

22 फेब्रुअरी २०११ । यहि आउँदो मार्च १८ तारिकका दिन २९औं मगर दिवसको अवसर पारेर नेपाल प्रवासी मगर संघ दोहा कतारले ‘मगर दिवस साँस्कृतिक साँझ २०६७’ कार्यक्रम आयोजना गर्ने भएको छ । मगर समुदायले प्रत्येक बर्ष मनाउँदै आईरहेको मगर दिवसलाई यसपटक अलि पृथक ढंगले मनाउने योजना अनुरुप नेपाली अपांगहरुको सहयोगार्थ भव्यरुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

सो कार्यक्रम सफलरुपमा सम्पन्न गर्न/गराउनका लागि केन्द्रिय सल्लाहकार डि.एन पाङमी मगरको मुल संयोजकतत्वमा विविध कार्यक्षेत्रको बाँडफाँड गरी ९ जना उप–संयोजक छुट्याई कार्य अगाडि बढाईसकिएको छ ।

कार्यक्रमको लागि नेपालबाटै कलाकारहरु झिकाईने र केही प्रस्तुतीहरुमा दोहास्थित स्थानीय कलाकारहरुको पनि सहभागिता रहने कुरा कार्यक्रम संयोजकले बताउनुभयो । साथै उहाँले उक्त कार्यक्रमको दुई शो रहने र यसमा कतारवासी नेपालीहरुको बिशेष सहयोग रहने विश्वास समेत ब्यत्क गर्नुभएको छ ।

आमन्त्रित कलाकारहरुमा मगरहरुको सालैजो का राजा मान्न सकिने चर्चित लोकगायक खड्ग गर्बुजा मगर, एउटै मात्र खुट्टाको भरमा सजिलै नृत्य गरेर सबैलाई चकित पारिदिने चर्चित नृत्यांगना लक्ष्मी खरेल, आफु दृष्टविहीन भएर पनि गीतसंगीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पपआधुनिक गायक प्रकाश तिमिल्सना रहनेछन् भने अन्य कलाकारहरुमा चर्चित दोहोरी गायिका रिता थापा मगर, चर्चित मोडल तथा डान्सर गिता राई, चर्चित डान्सर कविराज मगर रहनेछन् ।

साथै कार्यक्रमको सोही अवसरमा बिश्वकै सबैभन्दा होँचो व्यक्ति खगेन्द्र थापा मगरलाई सम्मान पनि गरिने भएको छ । कार्यक्रम आयोजनाको लागि औपचारिक स्वीकृती प्राप्त गर्ने काम भईसकेको र अब यसै साताभित्रमा पम्प्लेटिङ, प्रचार–प्रसार लगायत टिकट बिक्रि कार्य पनि शुरु गरिने कुरा आयोजक कमिटीले बताएको छ ।

यस कार्यक्रमलाई कतारको सार्वजनिक बिदाको अवसर पारेर एकै दिनमा मात्र पहिलो र दोस्रो गरी जम्मा २ शो मा सञ्चालन गरिनेछ। स्मरण रहोस्, यस प्रकारको कार्यक्रम नेपाल प्रवासी मगर संघ कतारले पहिलो पटक आयोजना गर्दैछ । साथै, यस कार्यक्रममा अपांग कलाकारहरुको आफ्नै प्रस्तुती रहने हुनाले पनि दोहामा प्रस्तुत भईसकेका अन्य कार्यक्रमहरुभन्दा अलि पृथक खालको रहने आयोजक कमिटीको दाबी छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.