कुवेतको ग्रिन आईल्याण्डमा क्रिकेट टोलीलाई मेनपावर एशोसियसनद्वारा भब्य बनभोज (फोटो फिचरसहित)


राजु गुरुङ्ग, कुवेत

२२ फेब्रुअरी, नेपालकुवेत मेनपावर एसोसियसनले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको स्वागतार्थ कुवेतको सालमियास्थित ग्रीन आइल्यान्ड पार्कमा आयोजना गरेको बनभोज कार्यक्रम भब्यरुपमा सफल भएको छ । कुवेतमा सन्चालित एसिसि ओमुन्स टि-ट्वान्टी च्याम्पिएनशिप-२०११ मा भाग लिन महिला टोली कुवेत आइ पुगेको हो ।

प्रमुख अतिथी कुवेतका लागी नेपाली राजदुत महामहिम श्री मधुबन प्रसाद पौडेलज्यू रहेको सो कार्यक्रमको सभापतित्व एसोसियसनका अध्यक्ष बम बहादुर पुलामीज्यूले गर्नु भएको थियो । आफ्नो कार्यव्यास्थताका कारण केहीछीन उपस्थिती जनाइ खेलाडीहरुको मनोबल उकास्न एसोसियसनले गरेको कार्यको प्रसंसा गर्दै बिजयको लागी अग्रीम शुभकामना दिदै राजदुत दम्पती निस्कनु भएको थियो ।

एसोसियसनका सल्लाहकार राज कुमार थापाले सन्चालन गर्नु भएको सो कार्यक्रममा मन्तब्य दिने क्रममा टोलीका प्रशिक्षक अरुण अर्याल र टिम म्यानेजर तथा कान्तिपुर पब्लिकेशनकी पत्रकार सृजना आर्चायले प्रबासी जीबन बिताइ रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खेलाडीहरु प्रती देखाउनु भएको माया, सदभाव र  सहयोगका कारणनै समुह चरण अन्तर्गतका चारै खेलमा राम्रो प्रर्दशन गरी बिजय हासिल गर्न सफल भएको भन्नु भयो, साथै सोही माया, सदभाव र  सहयोग आगामी दिनहरुका सेमीफाइनल र फाइनल खेलहरुमा बिजय हासिल गर्ने शक्तीमा परिणत होस् भनी कामना समेत गर्नु भयो ।

खेलाडीहरुको तर्फबाट बोल्दै ममता थापा मगरले कुवेतबासी नेपालीहरुबाट आफुहरुले सोचेको भन्दा बढी माया पाएकोले सधैं अबिस्मणनीय रहने बताउनु भयो, बिशेषगरी आगमनको क्रममै बिमानस्थलमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब तथा कुवेत नेपाल डटकमद्वारा स्वागत ब्यानर सहीत फुलका गुच्छाहरुले स्वागत गरेको पाउदा आफुहरु अत्यन्तै खुशी रहेको बताउनु भयो ।

अनेकौ खानाका परीकारहरुले भरिएको बनभोज स्थलमा खसी र कुखुराको सेकुवाले झनै रौनकता थपेको थियो। हरेक खानाको परीकारहरुमा नेपालीपन झल्किएको थियो । खाना पस्चात केही खेलाडीहरु नाच गानमा झुम्मिएका थिए भने केही भलिबल खेलेर रमाएका थिए । एसोसियसनका सचिब राज खड्का द्वारा उपलब्ध गराइएको ५/५ मिनेट अन्तराष्ट्रिय फ्री कल द्वारा बनभोज स्थल बाट सिधै खेलाडीहरुले आफ्नो घरपरिवार सँग संपर्क गरेका थिए ।

अन्त्यमा, कार्यक्रमका सभापति बम बहादुर पुलामी ज्यूले आफ्नो सस्थाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जस्तो राष्ट्रको ध्वोजा वाहकलाई स्वागत गर्न पाउनु हाम्रो गौरब भएको भन्दै आयोजकको तर्फ बाट कुनै कमी कमजोरी भएमा क्षमा दिनु होला भनी कार्यक्रमलाई औपचारिक रुपमा बिसर्जन गर्नु भएको थियो ।

बनभोजका केही झलकहरु:


Advertisements

3 responses to “कुवेतको ग्रिन आईल्याण्डमा क्रिकेट टोलीलाई मेनपावर एशोसियसनद्वारा भब्य बनभोज (फोटो फिचरसहित)

  1. hamro nepali cheli harule dherai ramro khel khelnu bayeko cha
    yasma malai dherai khushi lagheya cha

  2. Yestai banbhoj kahile bibah party jata tatai ghumayera kheladilai thakit banayera game harayeu haina? timeruko buddi kahile aaune ho? kheladi bhanera haina kt haruko jamat dekhera sabai aghi pachi gareka hun. just joking my frn. tara ali ali sacho kura pani ta ho ni haina ra?

  3. ramro kaam garnu bhayo association ka mitra haru le. Tara nepali cheli haru lai kuwaiti ko ghar ma kaam garna pathauda ali kati bichar gari dinu parne bhayo yeha tapai harule thorai bichar napuryai dida hamra cheli harule dherai dukha payeka chhan tyo hajur haru lai ramrai thaha chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.