कोकाकोला र पेप्सीमा पाइने रङ्गबाट क्यान्सरको खतरा


एजेन्सी, वाशिङ्गटन । कोकाकोला र पेप्सीमा मिलाइने एउटा तत्वका कारण क्यान्सर हुन सक्दछ । यी पेय पदार्थ बनाउन प्रयोग गरिने रङ्गबाट क्यान्सर हुन सक्ने चेतावनी स्वास्थ्यसँग सम्बन्धित एक अमेरिकी समूहले दिएको छ । सेन्टर फर साइन्स इन द पब्लिक इन्ट्रेस्टले भनेको छ -कोकाकोला, पेप्सी र अन्य खाद्य पदार्थमा प्रयोग हुने कारमेल रङ्गमा दुई प्रकारका क्यान्सरजन्य केमिकल हुने गर्दछन । यसमाथि प्रतिबन्ध लगाउनु आवश्यक छ । कोकाकोलाको कृतिम ब्राउन रङ्ग बनाउनका लागि उच्च दबाव र तापमानमा अमोनिया र सल्फाइट्सका साथ चिनीको प्रतिक्रिया गराउने गरिन्छ ।

रासायनिक प्रतिक्रियापछि २-एमआई र ४-एमआई नामक दुई तत्व बन्दछन् । समूहका अनुसार सरकारद्वारा मुसामा गरिएको अध्ययनहरुबाट यी तत्वका कारण फोक्सो, लिभर र थायराइड क्यान्सर हुने खतरा रहेकोछ । अमेरिकाको नेशनल टाक्सिकोलजी प्रोग्रामका अनुसार यो कुराको स्पष्ट प्रमाण प्राप्त भइसकेको छ कि २-एमआई वा ४-एमआईबाट जनावरमा क्यान्सर हुने गर्दछ । साथै यसबाट मानिसमा पनि क्यान्सर हुने खतरा रहन्छ। क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ता डेविसले कोकाकोलाको पाँच ब्राण्डमा ४-एमआईको अधिक मात्रा फेला पारेका थिए ।

Posted by: Jay Ale                      Source: FN News

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.