विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि…


हुन त अहिले व्लु फिल्म छ्याप छ्याप्ती पाइन्छ । बजारमा रोजी रोजी र इन्टरनेटमा खोजी खोजी व्लु फिल्म हेर्नेहरुको ताती पनि उस्तै छ । कतै स्कुल सेक्सका नाममा त कतै हट सेक्सका नाममा । तर विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि एक जोडी कारवाहीमा परेको छ । बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ ।

 उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स टेप देखेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनले पुरुष शिक्षक र महिला सहायकलाई तत्कालै निलम्वन गरेको थियो ।

भिडियोमा पुरुष कर्मचारी कुर्चीमा बसिरहेको र क्यामेरामा हेरेका थिए भने महिला सहायकले ‘सेक्स अभिनय’ गरेकी थिइन । पछि उनीहरुले विद्यालयमै यौनजन्य क्रियाकलपा गरेर ‘सेक्स भिडियो’ बनाएका थिए । जसलाई उनीहरुले कम्युटरमै सेभ गरेका राखेका थिए ।

भिडियो भेटेपछि विद्यालयले ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिललाई विद्यालयबाट निलम्वन गरेको छ । दक्षिणी लण्डनस्थित क्राउडनको एडिङटन विद्यालयमा फिल्म खिचिएको हो वा होइन भन्ने विषयमा विद्यालयले छानविन गरिरहेको छ ।

विद्यालयको कम्युटरमा राखिएको यो भिडियोसम्म ८०० विद्यार्थीको पहुँच भए पनि कतिले त्यसलाई हेरे वा हेरेनन् भन्ने विषयमा विद्यालय प्रशासन भने मौन छ । एडवार्डलाई विद्यालयले वाषिर्क ४७ हजार पाउण्ड तलव दिन्थ्यो । उनी त्यो विद्यालयका कम्युटर टेक्नोलोजी सम्वन्धी शिक्षकको अलावा सूचना तथा सञ्चार प्रमुख समेत थिए । उनले विद्यालयमा विद्यार्थीलाई कम्युटर दुरुपयोग सम्वन्धी पाठसमेत पढाउँथे ।

शिक्षक विवाहित छन भने सहायकका दुई छोराछोरी छन्, ती सहायकले श्रीमानलाई भने छोडपत्र दिइसकेकी छन् । सुरुमा विद्यालय सरसफाइको जागिरमा प्रवेश गरेकी एन्जेलालाई बढुवा गरेर कक्षाकोठाको सहायक बनाइएको थियो ।

Posted by: Raju Gurung

One response to “विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि…

  1. Him bahadur sijapaati

    thikai 6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.