बारा, फाल्गुन १० – सशस्त्र हतियारधारी अज्ञात समूहले मंगलबार साँझ पौने सात बजे बारामा एक सरकारी कर्मचारीको गोलीहानी हत्या गरेको छ ।दुई जना युवाले कलैया १० बरेवा निवासी ५५ वर्षीय माधव थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक मालपोत कर्यालय कलैयामा नायब सुब्बा थिए ।छातिमा एक राउण्ड गोली लागेका थापालाई उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा टेलिभिजन हेरिरहेको अवस्थामा उक्त समूहले उनी उपर गोली प्रहार गरेको स्थानीय बासिन्दाले बताएका छन ।
अत्याधिक रक्तश्रावको कारण उनको बाटोमै मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजका चिकित्सकले बताएका छन । उनको मृत्यु पछि उनको परिवारमा रुवावासी चलेको छ । उनको शव नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।
घटनाको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाका केन्दि्रय सदस्य तथा बारा जिल्ला ईन्चार्ज सुल्तान मिर्जाले स्थानीय संचाकर्मीलाई फोन गरी लिएका छन । घटना पछि बरेवा शोकमग्न र त्रासमय बनेको छ ।
Posted By: Dambar Prasad Rimal Source:ekantipur
Atyantai dukhko kora ho,Allahle yasto dokhad awasthama mirtakka pariwarharolayi dhaira-dharan garne chhamta pardan garon,Kasaiko Hatya garno dharmic Ra Samajic dubai Ruple tholo pap ho,Yasparka kokarmma sanlagn na bhayi baro,aafno safalta,gawon samajko wonnati Ra Nepalko bikasko lagi Ramro karm garno parchha,Ma aafno Gawon(Bairai-w-9)Gharko nazikai yasto ghatna ghatema atyantai dukhi chho, Ani Sampurn Nepali Daju bhayi tatha didi bahiniharo sita Hardick anorodh garchho ke Nepalma hami Shanti kayem garawn, Nepal ra Nepaliharolayi wonnati parapt hos yo nai mero monokamna chha.