आश्वासन र कार्यान्वयन !!


हरिकुमार श्रेष्ठ (पी.एच.डी)
ताइपेई, ताइवान

आश्वासन,

चुनावी सरगर्मीको तातो रापले सिङ्गो देश जलाथ्यौ
आफ्नै प्रचार प्रसारमा तिमी भने धपक्कै बल्याथ्यौ
गर्छु विकास भनि कति मीठा सपना बाँड्याथ्यौ
हुन्न भेदभाव भनि कति राम्रा विचार राख्याथ्यौ

केही वर्षपछि सिंगापुर जस्तै हुन्छ नेपाल भन्याथ्यौ
अल्पकालीनदेखि दीर्घकालीन योजनाहरु पनि बनाथ्यौ
भ्रष्टाचार नियन्त्रण त आफ्ना गुरुमन्त्र जपे झैं जप्याथ्यौ
आयोग बनेपछि कार्यान्यवन पक्का हुन्छ पनि भन्याथ्यौ

छिमेकीले हाम्रो सीमा मिच्दा नारा जुलुस पनि गर्याथ्यौ
१९५० का सन्धि-सम्झौताहरु असमान भयो पनि भन्याथ्यौ !!

कार्यान्वयन,

तर कठै !
तिम्रा ति आश्वासन र बाचाहरु त
तिम्रै घर-आगनमा सीमित भएछन्
सिंगापुरको जस्तो विकासका लहरहरु त
तिमी र तिम्रा नाता कुटुम्बलाई मात्रै आएछन्

त्यतिमात्रै कहाँ हो र ?
विकास निर्माणका लागि आएका पोका पुन्टुराहरु पनि
तिम्रै चेली र आसेपासेका लागि कोशेली भएछन्
भ्रष्टाचार नियन्त्रणका तिम्रा गुरुमन्त्र त
भोटाहिटी चोकमा थुप्रने फोहरका थुप्राहरु जस्तै
डुङ्गडुङ्गती गन्हाउने पो भएछन्

अनि त,
तिम्रा ति गुरु योजनाहरुको नाम लिई
तिम्रो चुनावी प्रचार प्रसारमा हिड्ने
तिम्रा ति आसेपासेहरु पनि सबै हिटलर जस्तै भएछन्
राष्ट्रिताको सबालमा आवाज उठाउने
राष्ट्र र न्यायप्रेमी जनताहरु भने सबै
तिम्रा लागि अराष्ट्रियतत्व भएछन्

अझ,
पञ्चायतकालदेखि हालसम्मका
नरसंहारकारीका अस्तुहरु भने सबै
पुनर्जन्म लिइ अजम्बरी भएर पो आएछन्

अनि पो त,
तिम्रा ति विकासवादी सिद्धान्त र नाराहरु सबै
म्युजियममा राख्नुपर्ने बेला भएछन्

त्यसैले त,
हिजोआज म आफूदेखि आफैं घृणित भएको छु
तिमी जस्ता देशद्रोही र पाखण्डी नेताहरुको पहिचान गर्न नसक्दा
म आफूदेखि आफैं निकै नै लज्जित भएको छु !!

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.