बारा, फाल्गुन १० – सशस्त्र हतियारधारी अज्ञात समूहले मंगलबार साँझ पौने सात बजे बारामा एक सरकारी कर्मचारीको गोलीहानी हत्या गरेको छ ।दुई जना युवाले कलैया १० बरेवा निवासी ५५ वर्षीय माधव थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक मालपोत कर्यालय कलैयामा नायब सुब्बा थिए ।छातिमा एक राउण्ड गोली लागेका थापालाई उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/02/2011
जन–जागृती युवा समाज कुवेतको परिचय तथा उद्धेश्य
जय आले/राजु गुरुङ्ग, कुवेत
समस्त कुवेतबासी नेपालीहरुमा जागरणमुलक सन्देशका साथ प्रवासी जीवनमा आइपरेका समस्याहरुलाई मध्य नजर गर्दै आगामी दिनहरुमा मातृभूमि नेपालको परम्परा, भाषा–संस्कृति र भेष-भूषालाई शिरोपर गर्दै नेपालीको स्वभिमान र इमान्दारीताका सिर्जनशील हातहरुलाई साहसिलो बनाई राख्न अहम भूमिका निर्वाह गर्ने एवं सम्पूर्ण वर्ग, जात, सम्प्रदाय र क्षेत्रबाट आएका समस्त नेपालीहरु माझ बैदेशिक रोजगारमा आइपर्ने समस्यालाई पहिचान गरी कुवेतबासी नेपालीहरुलाई गोलबद्ध गरी पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, परिचय/चिनारी
एडलाइड शहर घुम्दा… !!
प्रेम वली, अस्ट्रेलिया
ठुला ठुला सडकमा मान्छे खाली पाएँ
नेपालको बयान गर्दा मिठो ताली खाएँ
नेपाललाई माया गर्ने यहाँ धेरै मान्छे पाएँ
सभ्यताको हिमचुली धेरै माथि पाएँ
दिनको भन्दा चहलपहल रातमा धेरै पाएँ
रक्सी पानी पिउने धेरै युबा-युबती नै आए
कोही खाए रक्सी चुरोट, कोही चुम्बा खाए
अग्ला अग्ला यूबतिहरु लुगा धेरै छोटा लाए पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
आश्वासन र कार्यान्वयन !!
हरिकुमार श्रेष्ठ (पी.एच.डी)
ताइपेई, ताइवान
आश्वासन,
चुनावी सरगर्मीको तातो रापले सिङ्गो देश जलाथ्यौ
आफ्नै प्रचार प्रसारमा तिमी भने धपक्कै बल्याथ्यौ
गर्छु विकास भनि कति मीठा सपना बाँड्याथ्यौ
हुन्न भेदभाव भनि कति राम्रा विचार राख्याथ्यौ
केही वर्षपछि सिंगापुर जस्तै हुन्छ नेपाल भन्याथ्यौ
अल्पकालीनदेखि दीर्घकालीन योजनाहरु पनि बनाथ्यौ
भ्रष्टाचार नियन्त्रण त आफ्ना गुरुमन्त्र जपे झैं जप्याथ्यौ
आयोग बनेपछि कार्यान्यवन पक्का हुन्छ पनि भन्याथ्यौ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
आफ्नै बाबुले ८० हजारमा छोरी बेचे
२२ फेबुअरी ०११ । सिन्धुपाल्चोकका एक निर्दयी व्यक्तिले जागिर लगाइदिने बाहनामा आफ्नै छोरी बेचेका छन् । भारतमा बेचिएको तीन वर्षपछि ती युवती भागेर घर फर्किएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।
सिन्धुपाल्चोक चौताराका लोकबहादुर घलेले दलालहरुसँग मिलेर २०६४ सालमा आफ्नी छोरी बेचेका थिए । छोरीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले लोकबहादुर र दलालहरु ईश्वर र रामशरण घलेलाई पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
पूर्वगृहमन्त्रीले लगे एक करोडको पजेरो
‘आउने गृहमन्त्रीले पनि महँगो नयाँ गाडी किन्न लगाउँछन्,’
नयाँ पत्रिका, काठमाडौं, ९ फागुन, निवर्तमान गृहमन्त्री भीमबहादुर रावलले एक करोड मूल्यको मित्सुबिसी पजेरो गाडी घर लगेका छन् । आफ्ना लागि भन्दै एक वर्षअघि किन्न लगाएको पजेरो नै रावलले लगेका हुन् । नयाँ आउने गृहमन्त्रीबाट अनुमोदन गराउने गरी गृहसचिव डा. गोविन्द कुसुमले रावललाई बा.१ झ ८६७१ नम्बरको गाडी दिने निर्णय गरेको स्रोतले बतायो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र