Daily Archives: 21/02/2011

नेपाल एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिपको समुह बिजेता


जय आले, कुवेत

एसीसी टि–ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिपको समुह चरणको अन्तिम खेलमा नेपालले आज ‘सोमबार’ मलेसियामाथी ९ विकेटले बिजयी हाँसिल गरेको छ । समूह चरणका सबै खेलहरु जितेर नेपाल समुह बिजेता बनेको हो । यो जित अगावै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको नेपालको अब समूह ‘बी’ मा आठ अंक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ACC Women’s T-20 Championship 2011, Live Update!


* लाईव अपडेट : धर्मराज गिरी, राजु गुरुङ र नारायण नेपाल  – हुबरा क्रिकेट मैदान अहमादीबाट

* मलेसियाको पारी सिद्दियो, मलेसिया द्वारा नेपाललाई ६९ रनको लक्ष्य, नेपालको ब्याटिङ शुरु

* नेपाली खेलाडीहरुलाई मनोबल बढाउनको लागि दर्शकहरु बाट छक्का प्रहार गर्नेलाई ८० KD पुरस्कारको आव्हान

* माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका कार्यकारी सदस्य तथा नेपाल मेन पावर असोसियसन सचिब राज खड्काद्वारा प्रत्येक नेपाली खेलाडीहरुलाई आफ्नो घर परिवारमा फोन गर्न ५/५ मिनेट अन्तराष्ट्रिय फ्री कल उपलब्ध

* ९ विकेटले मलेसिया माथि नेपालको बिजय

* रुबिना छेत्री (नेपाल) प्लयर अफ द म्याच घोशित

नेपा मलेसिया

रन     : 69                                      रन     : 68
ओभर : 14                                       ओभर : 20
विकेट : 1                                         विकेट : 7

* रुबिनाले पहिलो ओवरको पहिलो बलमै विकेट लिइन

* करुनाले मलेसियाको दोस्रो विकेट लिइन

* करुनाले मलेसियाको तेस्रो विकेट लिइन

* रुबिनाले मलेसियाको चौथो विकेट लिइन

* रुबिनाले मलेसियाको पाचौ विकेट पनि लिइन

* रुबिनाले मलेसियाको छैटौ विकेट पनि लिइन

* सातौ विकेट नेरीले लिइन

* अहिले निरा र सिताले ब्याटिङ गर्दै

* निरा आउट, रश्मी र सिता ब्याटिङ गर्दै

गजुरेल पुत्रले अदालत परिसरमै जेठी श्रीमती कुटे


टपेन्द्र कार्की/राजधानी
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलका कान्छा छोरा सञ्जीव गजुरेलले पुनरावेदन अदालत पाटन परिसरमै जेठी श्रीमतीलाई कुटपिट गरेका छन् । बहुविवाह सम्बन्धी मुद्दा खेपिरहेका सञ्जीवले जेठी श्रीमती सुनिता पोखरेललाई अपशब्द प्रयोग गर्दै बिहीबार अदालत परिसरमै कुटपिट गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा ठगी बढ्यो


– सात महिनामा साढे २२ करोड ठगी

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वृद्धिसँगै व्यवसायी र एजेन्टबाट कामदार ठगिने क्रम पनि बढेको छ । चालू आर्थिक वर्षको माघसम्ममा वैदेशिक रोजगारीमा जाने कामदारबाट म्यानपावर व्यवसायी र एजेन्टले गरी कुल २२ करोड ७० लाख रुपैयाँबराबर ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । गत आवमा विभिन्न व्यवसायी र एजेन्टविरुद्ध कामदारले ३० करोड रुपैयाँ ठगी गरेको मुद्दा दायर गरेका थिए । विभागका अनुसार गत आवको तुलनामा यो वर्ष कामदार ठगिने प्रवृत्तिमा वृद्धि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्